युवा दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण

शेयेर गर्नुहोस


टीकापुर २८ साउन/
अन्तरास्ट्रिय युवा दिवसको अवसरमा दारी ग्याङ तथा टीकापुरका युवाहरूको संयुक्त आयोजनामा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम गरिएको छ ।
टीकापुर नगरपालिकाको समन्वय र सहकार्यमा टीकापुर खडक चोकदेखी टीकापुर बसपार्कसम्मको छ लेन सडकमा बनाइएको क्यारीमा सरसफाइ तथा वृक्षारोपण गरिएको हो । टीकापुर क्षेत्रका सकृय युवाहरु सहित टीकापुर स्थित विभिन्न बिधालय तथा क्याम्पसका बिद्यार्थीहरुको सहभागितामा यसभन्दा पहिले गुलाब रोपेर अलपत्र परेका क्यारीको सरसफाइ गरिएको दारी ग्याङ टीकापुरका अध्यक्ष विष्णु रोकायाले जानकारी दिएका छन् ।
उनका अनुसार सोही क्षेत्रको खाली रहेको स्थानमा वृक्षरोपण पनि गरिएको छ । यसअघि नगरपालिकाले ठेक्का मार्फत त्यहाँ वृक्षरोपण गरेको थियो । त्यसमा केही बोटहरु मरेका थिए । त्यसता ठाउँमा वृक्षरोपण गरिएको रोकायाको भनाई छ । उनले युवाहरूलाई समाजप्रति उत्तरदायी बनाउँदै सकारात्मक कार्यमा संलग्न गराउनु अहिलेको आवश्यकता भएको उल्लेख गरे । “युवाहरू नकारात्मक कार्यमा मात्रै संलग्न हुन्छन् भन्ने भ्रम समाजमा आज पनि छ ।” उनले भने, “त्यहीँ भ्रम चिर्नका लागि युवाको एकता तथा सकारात्मक कार्यको संलग्नता आवश्यक छ ।”
टीकापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश अवस्थीले देशका हरेक कालखण्डमा युवाहरूले खेलेको भुमिका महत्त्वपूर्ण रहेको बताउँदै देश निर्माणको प्रमुख आधारशिला युवा शक्ति भएको उल्लेख गरेका छन् । युवा अगुवा सरोज चपाईले युवाहरूको सक्रिय सहभागिताको लागि धन्यवाद दिएका छन् । उनले आगामी दिनमा पनि यसरी साथ र समर्थनका लागि आग्रह गरेका छन् ।

ताजा खबर

टीकापुरमा पनि ग्यास चरम अभाव

कक्षा ११ का विद्यार्थीलाई स्वागत

Leave a Reply

Your email address will not be published. Required fields are marked *