शेयेर गर्नुहोस
टीकापुर २९ साउन /
उपभोक्ता हित संरक्षण मञ्च नेपाल टीकापुर नगर समितिको अध्यक्षमा शेरबहादुर विष्ट चयन भएका छन् ।
बिहीबार भएको तेस्रो अधिवेशनले शेरबहादुर विष्टको अध्यक्षतामा ७ सदस्यि नयाँ कार्य समिति चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा गीता चौधरी, सचिवमा ईश्वर बहादुर, कोषाध्यक्षमा गौरी जैशीलाई चयन गरेको छ । यस्तै सदस्यमा रतनलाल चौधरी, नरदिप ओड र शान्ती काफ्लेलाई चयन गरेको निर्वाचन समिति संयोजक भिमराम चपाईले जानकारी दिएका छन् ।
टीकापुर नगरापलिकाको आर्थिक विकास शाखाप्रमुख रञ्जु आचार्यले उपभोक्ता समितिमार्फत भएका कार्यक्रम तथा निर्णयको बारेमा जानकारी गराउँदै केरा पकाउने च्याम्बर संचालनको लागि योजना बनाए पनि संचालनमा आउन नसकेकाले अब संचालनको लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनासँग समनवय गरिरहेको जानकारी दिएकी छन् ।
टीकापुर नगरपालिका वडा नं. ८का वडाध्यक्ष दीर्घ बहादुर ठकुल्लाले स्थानिय निकायले एक्लैले गरेर नहुने, त्यसको लागि व्यपारीले आफ्नो निर्वाह गर्नुपर्ने र उपभोक्ता पनि सचेत हुनुपर्ने बताएका छन् । वडा नं ७ का वडाध्यक्ष यज्ञ प्रसाद न्यौपानेले उपभोक्ताहित संरक्षण मञ्चले बनाएको ऐन राजपत्रमा आउन नसक्नु चुनौतीको रुपमा रहेकाले अबकादिनमा ऐनलाई छिटै राजपत्रमा प्रकाशित गर्नका लागि पहल गर्ने बताए । उनलेले उपभोक्ताहित संरक्षण मञ्च नागरिकको हितमा रहेकाले नगरपालिकाले अगामी दिनमा सहकार्य गरेर अगाडी बढाउने बताए ।
वडा नं ४ का वडाध्यक्ष लालविर चौधरीले उपभोक्ता मञ्चले गरेको काम राम्रो भएको बताउँदै नगरपालिकाले यसलाई निरन्तरता दिनुपर्ने, बजारमा सिलिन्डर ग्यासको मुल्य फरक फरक भएको पाईएकोले यसमा पनि निगरानी गर्नुपर्ने बताए ।
वडा नं. १ वडाध्यक्ष मोहन विकले उपभोक्ता हित मञ्चले बेला बेलामा पुनःताजगीका सन्दर्भमा खबरदारी गर्नुपर्ने
बताए । उनले महंगी , स्वास्थ्य लगायतको क्षेत्रमा सचेतना फैलाएमा धन्यवाद दिँदै आगामी दिनमा १ नं वडा बजार क्षेत्र भएकाले पनि निरन्तर अनुगम हुनुपर्ने बताए ।
टीकापुर नगरपालिकाका निवर्तमान प्रमुख प्रशासकिय अधिकृत सुमन धितालले टीकापुर नगरपालिका अभियानहरु संचालन गरेको जानकारी दिँदै नगरपालिकासँगै व्यवसायीले महत्वपुर्ण भूमिका खेल्नुपर्ने, उत्पादन गर्ने कृषक र उपभोक्तालाई यस सम्बन्धि सेतना फैलाउनुपर्ने बताएका छन् ।
समिक्षा कार्यक्रमलाई सहजिकरण गर्दै सुदुरपश्चिम प्रदेश सचिव एकिन्द्र तिमिल्सिनाले उपभोक्ता हित संरक्षण मञ्चमार्फत निर्माण भएका ऐन निमावलीको बारेमा जानकारी गराउँदै उपभोक्ता हित संरक्षण मञ्चका अनुगमन, उपभोक्ता सचेतना माहुने खर्च खर्च होईन नभएर लगानी भएको बताएका छन् ।









