अस्पतालका अहेव सहित तीनजना लागुऔषधमा पक्राउ

शेयेर गर्नुहोस


खेमराज पाण्डे, भजनी ३० भदौ /
भजनीमा लागुऔषध ब्राउनसुगर सहित टीकापुर अस्पतालमा कार्यरत एकजना हेबसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
भजनी नगरपालिका वडा नं. ३ कुसुमघाटबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थसहित टीकापुर अस्पतालका अहेबसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो । टीकापुर नगरपालिका वडा नं. ३ कटानपुरका ३० वर्षीय अनिल भुल, सोही ठाउँका ३२ वर्षीय देवेन्द्र शाही र घोडाघोडी नगरपालिका वडा नं. २ साडेपानीका अन्दाजी ३७ वर्षीय कृष्ण चौधरीलाई शंका लागेर चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको हो ।
।।सशस्त्र प्रहरी बल, नेपाल बीओपी कुसुमघाटका अनुसार उनीहरूको साथबाट लुकाइराखेको अवस्थामा ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ तथा से ६ प ३६६२ र भे ३ प ९४८४ नम्बरका दुई वटा मोटरसाइकलसमेत बरामद गरिएको छ ।पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भजनीमा पठाइएको सशस्त्र प्रहरी बल बीओपी कुसुमघाटका सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र नाथले जानकारी दिएका छन् । टीकापुर नगरपालिका वडा नं. ३ का अहेव भुल टीकापुर अस्पतालमा कार्यरत रहेको परिचयपत्र समेत फेला परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *