छात्रवृत्तिका चिकित्सकले निजीमा काम गर्न पाउने छैनन्

शेयेर गर्नुहोस


टीकापुर २८ साउन /
सुदुरपश्चिम प्रदेश सरकार मातहतका सरकारी अस्पतालहरुमा छात्रवृतिमा सेवामा कार्यरत रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई प्रचलित कानुन तथा सम्झौता विपरित निजी अस्पताल, क्लिनिक, नर्सिङ होम वा अन्य निजी स्वास्थ्य संस्थामा काम नगर्न निर्देशन जारी गरेको छ । मन्त्रालयले छात्रवृत्ति सेवामा कार्यरत चिकित्सकहरु त्यस्ता संस्थामा काम गरिरहेको भन्ने गुनासो उजुरी प्राप्तहुन आएको भनै त्यस्तो काममा नलाग्न निर्देशन जारी गरेको हो ।
जसमा सरकारी छात्रवृतिमा अध्ययन गरेका चिकित्सक/स्वास्थ्यकर्मीले आफुले छात्रवृति प्राप्त गर्दा स्वीकार गरेको कबुलियतनामा तथा प्रचलित कानून बमोजिमका सर्तहरु पूर्ण रुपमा पालना गर्नुपर्ने भनिएको छ । नेपाल सरकार तथा अन्यत्र बाट छात्रवृत्ती प्राप्त गरी छात्रवृत्ती चिकितसक तथा स्वास्थकर्मी परिचालन निर्देशिका २०७२ बमोजिम परिचालित चिकित्सक तथा स्वास्थ्कर्मीहरुले सरकारी बाहेक निजी स्वास्थ्य संस्थामा कामकाज गर्न नपाउने भएकोले अन्यन्त्र कामकाजमा अनुमती प्रदान नगराउन भनेको छ ।
नेपाल सरकारका निकायमा कार्यरत स्थायी करार तथा अन्य चिकित्सक तथा स्वास्थकर्मीहरुले समेत अनुमती नलिई अन्यत्र कामकाज गर्न नपाउने व्यवस्था रहेकाले सो व्यबस्थाको समेत पालना गर्न हुन र अनुमती लिएकालाई समेत कार्यालय समयमा अन्यत्र कामकाजमा नजाने व्यवस्था मिलाउन मन्त्रालयले भनेको छ । प्रत्येक अस्पतालले अनिर्वाय रुपमा विद्युतिय हाजिरको व्यवस्था मिलाउने र सोही आधारमा तलबभत्ता तथा सेवा सुविधा उपलब्ध गराउने साथै छात्रवृति करारको अवधि समाप्त भएको जानकारी वा सिफारिस गर्दा समेत सोही हाजिरको आधारमा मात्र सिफारिस सबै मातहतका स्वास्थ्य कार्यालयलाई निर्देशन जारी गरेको छ भने निर्देशनहरु कार्यान्वयन नगरेको पाइएमा सम्बन्धित अधिकारीलाई प्रचलित कानून बमोजिम कारबाही हुने निमित्त प्रदेश सचीव डा. निरज अर्यालद्वारा जारी निर्देशनमा भनिएको छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *