जेसीज पब्लिकको २१ औं अभिभावक दिवस सम्पन्न

शेयेर गर्नुहोस


टीकापुर ०९ माघ /
टीकापुर नगरपालिका वडा नं. ७ स्थित जेसीज पब्लिक स्कुलको २१ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
स्कुलका बिधालय व्यवस्थापन समिती अध्यक्ष राजेन्द्र बहादुर शाहको अध्यक्षतामा भएको स्कुलको अभिभावक दिवस कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष पुनम विकले स्कुलले शैक्षिक गुणस्तरको क्षेत्रमा दुइ दशक लामो समयदेखि काम गर्दै आएको बयाएकि छन् । उनले बिद्यार्थी र अभिभावकको विश्वासले स्कुलले दुई दशक पुरा गर्न सफल भएको बताइन् ।
कार्यक्रममा समाजसेवी जंगबहादुर साउँदले ग्रामीण क्षेत्रमा रहेर शैक्षिक क्षेत्रमा जेसीज पब्लिक स्कुलले दिएको योगदान अतुलनीय रहेको उल्लेख गरे । उनले आगामी दिनमा अझै अभिभावकको मन जितेर शैक्षिक गुणस्तरमा नगरपालिका भित्रैकै अब्बल स्कुलको रुपमा स्थापिर हुनुपर्नेमा जोड दिए ।
बिधालयका शिक्षक पारस साउँदले सञ्चालन गरेको कार्यक्रममा समाजसेवी ओमलाल बिक लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको स्वागत प्रीन्सिपल दानबहादुर सोडारीले गरेका थिए । सोहि अवसरमा स्कुलमा विभिन्न सांस्कृतिक कार्यक्रम सहित पुरस्कार वितरणको कार्यक्रम समेत आयोजना गरेको थियो ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *