शेयेर गर्नुहोस
भजनी १२ असोज /
भजनी नगरपालिका र गेटा आँखा अस्पतालको आयाेजनामा तथा नेपाल रेडक्रस सोसाइटी भजनी उपशाखा र भजनी उपशाखा अन्तर्गतका जुनियर रेडक्रस, युवा रेडक्रसका विद्यार्थीहरुको समन्वयमा आँखा शिविर सञ्चालन भएको छ ।
भजनी प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा शुक्रबारदेखि सञ्चालन भएको आँखा शिबिरमा चार सय ८२ जना महिला, तीन सय ४४ जना पुरुष गरि ८ सय २६ जनाको आँखा चेकजाँच गरेका छ्न । ८८जनाको सल्यक्रिया भएको र बाँकी रहेका २७ जनाको आज सल्यक्रिया गरिने भएको छ ।
आँखा शिविर कार्यक्रममा नगर प्रमुख केवल चौधरीले नागरिकहरुको स्वस्थ्यका विषयमा नगरपालिका जिम्मेवार भएर लागेको बताएका छन् । उनले नगर क्षेत्र भित्र आँखा शिविर सञ्चालन गरेर नागरिकहरूलाई आफ्नै क्षेत्रमा सेवा प्रवाह गर्न सकेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम नगरपालिकाले गर्ने बताएका छन् । “हामीले हाम्रो स्रोतसाधनले भ्याएको सेवा नागरिकहरूलाई प्रदान गर्दै आएका छौँ ।” उनले भने, “नागरिक प्रती जिम्मेवार भएर नगरपालिका लागिरहेको छ ।” नगरपालिकामा शिविर सञ्चालन भएपछि स्थानीय खुशी भएका छन् ।










