शेयेर गर्नुहोस
टीकापुर ०२ असार /
जानकी गाउँपालिकाले बिधालयलाई प्रदान गर्दै आएको नतिजामा आधारित अनुदान वितरण गरेको छ ।
शैक्षिकसत्र २०८२ को वार्षिक परिक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने बिधालयलाई नतिजामा आधारित अनुदान प्रदान गरिएको हो । जसअनुसार शैक्षिकसत्र २०८२ मा सबैभन्दा बढी विद्यार्थी उतिर्ण गर्ने बिधालय अन्तर्गत माद्यामिक तहमा जनता माद्यामिक बिधालय मुनुवाले चार लाख नतिजामा आधारित अनुदान प्राप्त गरेको छ । त्यसैगरी दोस्रो स्थान ल्याउले राष्ट्रिय माद्यामिक बिधालय अमौराले दुई लाख ५० हजार अनुदान पाएको छ भने भृकुटी माद्यामिक बिधालय सुवर्णपुरले एक लाख ५० हजार नगद प्राप्त गरेको छ ।
त्यस्तै आधारभूत तह कक्षा ८ सम्ममा राष्ट्रिय आधारभूत बिधालय खैरिपुरले तीन लाख अनुदान पाएको छ । भृकुटी माद्यामिक बिधालय सुवर्णपुरले आधारभूत तहतर्फ पनि दोस्रो स्थान हासिल गर्दै दुई लाख अनुदान पाएको छ । गाउपालिकाले शिक्षकहरुसँग गरेको करार सम्झौता अनुसार विषयगत रुपमा उत्कृष्टता हासिल गर्ने शिक्षकहरुलाई सम्मान गरिएको छ । जसमा कक्षा ८ को नजिताका आधारमा नेपाली विषयमा जनता माद्यामिक बिधालयका शिक्षिका इन्द्रा उपाध्याय, अङ्ग्रेजी विषय तर्फ अरुणोदय माद्यामिक बिधालयका मोहन भण्डारी, अरुणोदय माध्यमिक बिधालयका वसन्ती जोशी गणित विषयमा सम्मानित भएका छन् । बिज्ञान विषयमा आदर्श माद्यामिक बिधालय अर्जुन चौधरी, सामाजिक विषयमा अरुणोदयका टंकराज भाट लाई जनही १५ हजार नगद सहित सम्मान पत्रले सम्मान गरिएको छ ।
कक्षा १० मा एसईईको नतिजाको आधारमा नेपाली विषयमा हिमालय राष्ट्रिय माद्यामिक बिधालयका टीकाराम जैशी, अङ्ग्रेजी विषय शिक्षक रामबहादुर भुल, गणित विषयकी शिक्षिका रुपा रेग्मी, बिज्ञान विषयमा अरुणोदय माद्यामिक बिधालयका टेकबहादुर धामी, सामाजिक विषयमा हिमालय राष्ट्रिय माद्यामिक बिधालयका प्रधानाध्यापक खगेन्द्र प्रसाद ओझा पुरस्कृत भएका छन् ।
गाउँपालिकाले कक्षा ८ को वार्षिक परिक्षा र एसईईमा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाई समेत सम्मान गरेको छ । २०८१ को एसईईमा गाउँपालिका भरि उत्कृष्ट अंक ल्याउने हिमालय राष्ट्रिय माद्यामिक बिधालय मयाराम भण्डारीलाई जनही पाँच हजार पाँच सय नगद सहित प्रमाणपत्रले सम्मान गरेको छ । त्यसैगरी गाउँपालिकामा दोस्रो स्थान ल्याउने महेन्द्र शिशु माद्यामिक बिधालयका सन्तोष सञ्जाल र तेस्रो स्थान हासिल गर्ने हिमालय माद्यामिक बिधालयका कुशल राज जोशीलाई क्रमशः चार हजार र तीन हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी २०८२ को एसईईको नतिजामा उत्कृष्ट अंक ल्याउने बालज्योती माद्यामिक बिधालयकी भावना भण्डारी, अरुणोदय माद्यामिक बिधालयकी करुणा चौधरी र राष्ट्रिय माद्यामिक बिधालय अमौराका अर्जुन जैशी पुरस्कृत भएका छन् ।
२०८१ को कक्षा ८ को गाउँपालिका स्तरीय वार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याउने बालज्योती माद्यामिक बिधालय श्रेया देवकोटालाई पनि पाँच हजार पाँच सय नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी दोस्रो स्थान हासिल गर्ने अरुणोदय माद्यामिक बिधालयकी दिपिका चौधरी, भृकुटी माद्यामिक बिधालयकि रञ्जना भण्डारीले क्रमशः चार हजार र तीन हजार नगद प्राप्त गरेका छन् । त्यस्तै २०८२ को कक्षा ८ को वार्षिक परिक्षामा प्रथम हुने महेन्द्रशिशु माद्यामिक बिधालयका कुशल चौधरी, दोस्रो हुने रिमोन खत्री र तेस्रो स्थान ल्याउने भृकुटी माद्यामिक बिधालयकी जस्मिन विक रहेका छन् ।
कार्यसम्पादन मुल्यांकनमा उत्कृष्ट बिधालय माद्यामिक तर्फ मोती माद्यामिक बिधालय, आधारभूत तर्फ जनता आधारभूत बिधालय अमरावती, आधारभूत कक्षा ५ सम्ममा गौरीशंकर आधारभूत बिधालय भगरतपुर पुरस्कृत भएका छन् । उक्त बिधालयलाई पाँच हजार नगद सहित सम्मान गरिको छ ।
कार्यक्रममा कैलाली क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य कोमल ज्ञवाली प्रमुख अतिथि रहेकि थिइन् । अध्यक्ष गणेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्ट, गाउँपालिकाको सामाजिक विकास समिति संयोजक कमल महतो, जानकी गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष खकेन्द्र भण्डारी, मोती माद्यामिक बिधालयका प्रधानाध्यापक दिपक कुमार दास, अरुणोदय माद्यामिक बिधालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमराज भाट लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
जानकी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत शंकर प्रसाद न्यौपानेले गरेका थिए भने कार्यक्रमको स्वागत कार्यपालिका सदस्य पवित्रा विश्वकर्माले गरेकी थिइन ।









