शेयेर गर्नुहोस
सीता चौधरी, टीकापुर ०१ कार्तिक /
सवारीसाधन चलाउँदा विशेष ध्यान दिन प्रहरीले आग्रह गरेको छ । चाडपर्वको समयमा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई कम गर्नका लागि चालकले विशेष सावधानी अपनाउनुपर्ने बताइएको हो । यस्तो बेला सवारीसाधन सम्बन्धि आवश्यक कागजात सँगै बोकेर हिड्नुपर्ने, तीव्र गतिमा सवारी नचलाउने र आफनो साइडमा मात्र सवारी चलाउन प्रहरीले आग्रह गरेको छ ।
टीकापुर नगरपालिका वडा नं. १ विशालनगरकी गीता थापाले सवारीसाधन चलाउँदा चालक आफैं सबै भन्दा बढी सचेत हुनुपर्ने बताइन् । उनले सवारी चलाउँदा सवारी चालक अनुमतिपत्र साथमा राख्नुपर्ने, विस्तारै तथा सावधानीपूर्वक चलाउनुपर्ने र साना बालबालिकालाई सडकमा जथाभावी छोड्न नहुने बताएकी छन् ।
टीकापुर नगरपालिका वडा नं. ४ बघमाराकी सन्ध्या कुँवरले दुर्घटना नियन्त्रण गर्नका लागि गाई , भैसी लगायत पशुचौपाया जथाभावी छोड्न वा सडक किनारमा बाध्न नहुने बताइन् । पशुचौपाया सडकमा हुँदा पनि दुर्घटना जोखिम बढ्ने भएकाले सम्बन्धित सबैले सावधानी अपनाउनुपर्नै उनको भनाइ छ । पैदल हिँड्दा आफनो साइडबाट हिँड्ने र सवारी
चलकले पनि आफनो साइडबाटै सवारी चलाउँदा दुर्घटना न्यूनीकरण गर्न गर्न सकिने उनले बताइन् ।
टीकापुर नगरपालिका वडा नं. १ की भूमिका सिंहले घरपालुवा जनावरलाई सडकको छेउछाउमा जथाभावी छोड्न नहुने बताइन् । खुला तथा भिडभाड भएका स्थानमा सवारीसाधन विस्तारै चलाउनुपर्ने र पैदल हिँड्दा तथा सवारी चलाउँदा सावधानी अपनाउनु पर्ने बताएकी छन् ।
त्यसैगरी धनन्जय ढुङगाना पनि सवारी साधन चलाउँदा चालकले विशेष सावधानी अपनाएर सवारीसाधन चलाउनुपर्ने बताउँछन् । मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम उच्च हुने भन्दै यस्तो चाडपर्वको समयमा झन ध्यान दिनुपर्ने उनको भनाई छ । चाडपर्वको समयमा सावधानी नअपनाउँदा कैयौं मानिसले ज्यान गुमाइरहेको उल्लेख गर्दै ढुुङगानाले चालक र पैदल यात्रु दुवै सचेत हुनुपर्नै बताएका छन्
उसो त आर्थिक वर्ष २०८२ / ०८३ मा कैलाली जिल्लामा मात्रै ८ सय ३१ वडा सवारीसाधन दुर्घटना भएको तथ्यांक ट्राफिक प्रहरीसँग छ । जहाँ सवारी दुर्घटनामा परी ८२ ले ज्यान गुमाएका छन् भने पाँच सय ८४ जना घाइते भएका छन् ।
चालु आर्थिक वर्षको हालसम्म पनि पाँच सय २० सवारी दुर्घटना भएको प्रहरीको तथ्यांक छ । जुन सवारी दुर्घटनाबाट २० जनाले ज्यान गुमाएका छन् भने दुई सय ९ जना गम्भीर घाइते भएका छ । दुर्घटनामा तेव्न सय ३७ जना सामान्य घाइते भएको उल्लेख छ् ।










