अनुगमनका लागि साझा एजेन्डा बनाउनु पर्नेमा जोड

शेयेर गर्नुहोस


झलनाथ खनाल
टीकापुर ०१ पौष

बजार अनुगमन तथा उपभोक्ताहरुको हितका लागि संगै समन्वय र सहकार्य गरि काम गर्नुपर्ने कुरामा नियमनकारी निकायका प्रमुखहरुले जोड दिएका छन।
स्वच्छ बजार तथा उपभोक्ता हित संरक्षणका लागि संघ प्रदेश र स्थानिय सरकार बिच समन्वय बिषयक अन्तरक्रिया कार्यक्रममा अहिलेको बजार अनुगमन प्रभावकारी नभएको भन्दै सरकारका नियमनकारी निकायहरूले एकै साथ बजार अनुगमन गर्न सकेमात्र परिणाम राम्रो आउने उहाँहरुले बताएका छन। कैलालीको टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावलले स्थानिय तहलाई दिइएको अधिकार कार्यान्वयनको लागि आफुहरु लागि परेको बताउदै स्थानीय तहमा आवश्यक साधनस्रोत र दक्ष जनशक्तिको अभावमा भनेजस्तो परिणाम आउन नसकेको बताउनुभएको छ । ” हामिसंग स्रोतसाधन र जनशक्ति छैन । गरेका प्रयासहरु प्रक्रियामा आउदै छन।” नगर प्रमुख रावलले भन्नुभयो , ” सहकार्य बिना काम गर्न सकिने अबस्था छैन। अहिलेको अबस्थामा समन्वय र सहकार्य बिना भएका अनुगमनको प्रभावकारिता पनि छैन।”
उपभोक्ता हित संरक्षण मंचका केन्द्रिय उपाध्यक्ष धनपती डुङ्गेलले तिनै तहको सरकारका नियमनकारी निकायको समन्वय र सहकार्यले थुप्रै राम्रा काम गर्न सकिने बताउदै अहिलेको विकल्प भनेकै समन्वय भएको बताउनुभएको छ । टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद अर्यालले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर दैनिक नभएपनी महिनामा दुईपटक सम्म बजारको अनुगमन आवश्यक रहेको बताउनुभएको छ। ” महिनामा दुईपटक सम्म भएपनी बजारको अनुगमन हुन आवश्यक छ। स्थानिय तहमा स्रोतसाधनको उपलब्धता छैन। ” प्रमुख प्रशासकीय प्रमुख अर्यालले भन्नुभयो, ” टीकापुर नगरपालिका त्यसका लागि प्रतिबद्ध छ। त्यसमा सबै क्षेत्रको समन्वय हुनुपर्छ ।” उहाँले उद्योग सफा भए मात्र बजार सफा हुने बताउदै कार्वाहीले भन्दा परामर्शले व्यावसायिहरु सचेत हुने बताउनुभयो ।
घरेलु तथा साना उधोग कार्यालय धनगढीका प्रमुख नवराज भट्टले एक क्षेत्रले बजार अनुगमन गरेर गलत गरेकालाई ठाउँको ठाउँ कार्वाही गर्न मिल्ने खाल्को कानुन नभएको बताउदै त्यसमा सबैको निकाएको सहभागितामा मात्रै बजार अनुगमन प्रभावकारी हुने बताउनुभएको छ। ” अब हामिले गरेको अनुगमनमा सिधै कार्वाही गर्न पाउने अधिकार नै छैन । हामिले व्यावसायिलाई सच्चिन निर्देशन मात्र दिन सक्छौ।” भट्टले भन्नुभयो, ” आवश्यक प्रक्रिया पूरा गरेर सम्बन्धित बिभाग मार्फत कार्वाही गर्न सकिन्छ।” खाद्य प्रविधी गुण नियन्त्रण बिभाग धनगढीका बरिस्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले खाद्यले बिशेष गरि उधोगहरुमा अनुगमन गर्ने गरेको बताउदै खाद्यको सुदुरपश्चिमका नौ जिल्लाको एक मात्र प्रयोगशाला भएकोले पनि त्यसको परिक्षणमा कठिनाइ हुँदै आएको बताउनुभएको छ । उहाँले अनुगमनका क्रममा थुप्रै उधोगहरुलाई सच्चिन निर्देशन दिएको बताउदै केही उधोगहरु बन्द समेत गरेको बताउनुभएको छ ।
त्यस्तै बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुख कमलबहादुर पुनमगरले अनुगमनका क्रममा ठाउँको ठाउँ व्यावसायिलाई कार्वाहीका लागि प्राबिधिक जनशक्तिको अभाव रहेको बताउदै गुणस्तरका लागि चाहिने प्रयोगशालाको पनि अभाव रहेको बताउनुभयो । उहाँले उपभोक्ता नै सार्बभौम भएको भन्दै उपभोक्ता बिना व्यावसाय सम्भव नभएको बताउनुभयो । ” पहिला त उपभोक्ता आफै सचेत हुन आवस्यक छ। व्यावसायिको कारणले भन्दा पनि हामी आफ्नै कारणले ठगिदै आएका छौ। ” पुनमगरले भन्नुभयो, ” सामान किन्दा हामी कतिले बिल/ रसिद लिने गरेका छौ ? कुरा त्यहिबाट सुरु हुन्छ।”
ईलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख शंकरबहादुर बिस्टले बस्तुको बिज्ञापन, आवरण र बिक्रेताको आचरणले उपभोक्ता ठगिदै गएको बताउदै उपभोक्ता आफै सचेत भए मात्र ठगिनबाट जोगिन सकिने बताउनुभयो । “हामी दालचामलको मात्र उपभोक्ता होइन । हामी लोकतान्त्रिक गणतन्त्रको पनि उपभोक्ता हौ।” प्रमुख बिस्टले भन्नुभयो, ” उपभोक्ता अधिकारले मौलिक अधिकार सहित मानव अधिकार, लोकतान्त्रिक मुल्यमान्यतालाई पनि संगै जोडेको छ।” उहाँले अहिले भइ भइरहेका अनुगमनहरु झारा टार्ने मात्र भएको बताउदै नतिजा आउने गरि अनुगमन हुन नसकेको बताउनुभएको छ ।
कार्यक्रम टीकापुर नगरपालिकाको आयोजना, द एसिया फाउन्डेसनको सहकार्य तथा उपभोक्ता हित संरक्षण मंचको प्राबिधिक सहयोगमा आयोजना गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *