शेयेर गर्नुहोस
झलनाथ खनाल, जेठ २०/
कैलालीको टीकापुर अस्पतालले स्थानीय तहसंग गरेको समन्वय बल्ल पूरा भएको छ । गत आर्थिक बर्ष सुरु हुनु पहिले नै अस्पतालले अस्पतालमा एनआइसीयु र भेन्टिलेटर संचालनका लागी आवश्यक जनशक्ति व्यवस्थापनको गर्नकालागि स्थानियसंग समन्वय गरेको थियो ।
अस्पतालले कैलालीको पुर्बी क्षेत्रमा रहेका लम्की चुहा, भजनी नगरपालिका र जानकी, जोशिपुर, महुन्याल गाउँपालिलाई अस्पतालको सेवा बिस्तारका लागी समन्वय गरेको थियो । अस्पतालको लगातारको समन्वयले अस्पतालमा तयारी अवस्थामा रहेको एनआइसीयु र भेन्टिलेटर संचालनमा ल्याउन अस्पताललाई चाहिन जनशक्तिको खोजिमा रहेको अस्पतालले एक बर्षपछी जनशक्ति पाएको छ । अस्पतालका लागि जानकी गाउँपालिकाले कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट सेवाका लागि चाहिने एकजना जनशक्तिको पारिश्रमिक उपलब्ध गराउने भएपछी अस्पतालले प्रक्रिया अगाडि बढाएको थियो । “हाम्रो बर्षौपहिलेको सपना पूरा भएको छ । अब बिरामिले भेन्टिलेटर खोज्दै भौतारिनु पर्ने बाध्यताको अन्त्य भएको छ ।” अस्पताल बिकास समितिका अध्यक्ष दिपक रावलले भन्नुभयो, “हामी केही ढिलो भएका छौ । यदि हाम्रो प्रस्तावलाई स्थानिय तहले पहिले नै सम्बोधन गरेको भए यो कठिन अवस्थाको पनि सहजरूपमा हामी सामना गर्न सक्थ्यौ ।”
गाउँपालिकाका अध्यक्ष प्रदिपकुमार चौधरीले एनेस्थेसियोलोजिष्ट चिकित्सकको मासिक पारिश्रमिक अस्पताललाई उपलब्ध गराउने निर्णय गरेको बताउनुभयो ।
“गाउँपालिकासंग अस्पतालको निरन्तर समन्वय भैरहेको थियो । हामिले पनि के गर्न सकिन्छ भनेर पटकपटक कार्यपालिकामा छलफल गर्दै आएका थियौ ।” गाउँपालिकाका अध्यक्ष चौधरीले भन्नुभयो, “अस्पतालमा स्रोतसाधन हुदाहुदै पनि आइसीयु र भेन्टिलेटर प्रयोगबिहीन बनेपछी अस्पताललाई चाहिने एकजना जनशक्तिको पारिश्रमिक दिने निर्णय गरेका हौ ।”
गाउँपालिकाले सहयोग गर्ने भएपछि अस्पतालले चिकित्सकका लागि सुचना आव्हान गरेको थियो । २०७८ जेठ १८ गते अस्पतालले सबै प्रक्रिया पूरा गरेर डाक्टर सुवोध बाग्ले लाई छनोट गरेको गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रामकुमार राईले जानकारी दिनुभएको छ । उहाँका अनुसार तीन जनाले आवेदन दिएकोमा एक जना अन्तरवार्तामा अनुपस्थित रहेका र डाक्टर सीता पोखे्रललाई बैकल्पिकमा राखिएको छ ।
छनोट भएका डाक्टरलाई तीन दिनभित्र कार्यालयमा उपस्थित हुन भनिएको छ ।
टीकापुर अस्प्तालमा सात वटा भेन्टिलेटर, एनआइसीयू तयारी अवस्थामा भए पनि एनेस्थेसियोलोजिष्ट नहुदा सञ्चालनमा आउन सकेको थिएन । भेन्टिलेटर र एनआइसीयु संचालनमा नहुदा बिरामीहरुलाई नेपालगन्ज वा धनगढी रेफर गर्नुपर्ने बाध्यता रहदै आएको थियो ।
अस्पतालले स्थानिय सरकाससंग मात्र नभई प्रदेश र संघीय सरकारसंग पनि पटकपटक जनशक्तिका लागि पहल गर्दै आएको अध्यक्ष रावलले बताउनुभयो । अहिले पनि वरिष्ठ कन्सल्टेण्ट अर्थोपेडिक सर्जन भए पनि बेहोस पारेर शल्यक्रिया गर्नुपर्ने अवस्थामा बिरामीहरुलाई अहिले पनि बाहिर रेफर गर्नपर्ने अवस्था रहेको अध्यक्ष रावल बताउनुहुन्छ । अस्पतालमा टीकापुर नगरपालिकाले भने दुईजना चिकित्सकको व्यवस्थापन गर्दै आएको छ ।
अस्पतालमा एनआइसीयु र भेन्टिलेटर संचालनमा आएपछि कैलालीका छ स्थानीय तह र बर्दियाका केही स्थानीय तहबाट अस्पतालमा आउने बिरामीलाई सहज हुने बिश्वास गरिएको छ ।