शेयेर गर्नुहोस
भाद्र ३१,धनगढी
कैलालीको धनगढीमा आगामी मंसिरमा आयोजना हुने लिटल फ्लावर प्रीमियर लिग (LPL ) को आठौं संस्करण जति जति नजिकिदै छ उति उति चर्चा चुलिदै गैरहेको छ । लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेण्टसको आयोजनामा २०७३ सालबाट निरन्तर संचालन हुँदै आएको प्रतियोगितामा यसपटक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागिता हुने भएपछि कृकेटप्रेमिहरुले अझ चाँसोको रूपमा हेरिरहेका छन् । प्रतियोगितामा यसपटक राष्ट्रिय टिमबाट थुप्रै प्रतियोगिता खेलिसकेका खेलाडी ललित सिंह भण्डारी पनि खेल्ने भएका छन् । भण्डारी आजभन्दा ४ वर्ष अगाडि मोटरसाइकल दुर्घटना परी शक्त घाइते भएपछि कृकेट गतिविधिमा सहभागी हुन सकेका थिएनन् । उनी गृहजिल्ला कंचनपुरको शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसनबाट एलपिएल खेल्नेछन् । सो टिमले उनलाई कप्तान समेत घोषणा गरिसकेको छ । ललितको पुनरागमनलाई पनि विशेष चाँसोको रूपमा हेरिएको छ । एलपिल खेल्ने अर्को ठूलो नाम हो हरि बहादुर चौहान । घरेलु प्रतियोगितामा असाध्यै लोकप्रिय खेलाडी चौहान युथ अफ टिकापुरबाट खेल्ने क्लबले जानकारी गराइसकेको छ । त्यस्तै यु-१९ टिमका कप्तान र राष्ट्रिय टोलीबाट समेत दर्जनौं प्रतियोगिता खेलिसकेका राजु रिजालले पनि एलपिएलमा सहभागिता जनाउने उच्च सम्भावना छ । त्यस्तै गौतम केसि,लोकेश बम,देव खनाल,कृष्ण कार्कि,नारायण जोशी,बिपिन रावल,लगायत यु-१९ र १६ का दर्जनौं खेलाडी एलपिएल खेल्ने प्रतियोगितामा दर्ता भएका टिमले जनाइरहेका छन् । देशभरीका १६ टिमले सहभागीता जनाउने लिटल फ्लावर प्रीमियर लिगमा अहिले विभिन्न टिमले आ-आफ्ना आइकन खेलाडी घोषणा गर्ने कार्य तिब्र रूपमा अगाडि बढेको छ । नेपाली कृकेटमा केही न केही योगदान होस् भनेर कठिन परिस्थितिमा पनि प्रतियोगितालाई निरन्तरता दिइरहेका छौं अवस्था गाह्रो छ तैपनि सबै शुभचिन्तक,खेलप्रेमिहरुको हौसलाले आफुलाई उर्जा थपिरहेको लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेण्टसका अध्यक्ष रामचन्द्र शाहिले बताए । उनले यसपटक प्रतियोगिताले थप उचाई चुम्नेमा आफू विस्वस्त रहेको समेत बताए।
राष्ट्रिय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने उक्त प्रतियोगिताको विजेताले २ लाख ५५ हजार ५ सय ५५ हजार तथा उपबिजेताले १ लाख २८ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन। यसैगरी प्रतियोगिताको सर्बोत्कृट खेलाडीले नगद १५ हजार, बेस्ट ब्याटर र बलरले जनही नगद ७ हजार ५ सय र उदियमान खेलाडीले नगद ५ हजार पुरस्कार प्राप्त गर्नेछन।
यसैगरी प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद १ हजार ५ सय पुरस्कार प्राप्त गर्नेछन भने प्रत्येक खेलमा म्याक्सिम सिक्सेस प्रहार गर्ने खेलाडीले जनही ५ सय प्राप्त गर्नेछन।