करेन्ट लागेर एकजनाको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर ०९ फागुन/
टीकापुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
टीकापुर नगरपालिका वडा नं. १ स्थित होटल ग्रीन एसियामा कार्यरत ३५ वर्षीय शैलेश कुमार भुलको करेन्ट लागेर मृत्यु भएको हो । बर्दियाको राजापुर नगरपालिका वडा नं. २ भीम्मापुर घर भएका भूल विगत चार वर्षदेखि ग्रीन एसिया होटलमा कार्यरत थिए । विद्युतको पोलबाट भुइँमा खसेको तार हटाउने क्रममा उनलाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका भूल भुलको उपचारका क्रममा टीकापुर अस्पतालमा ज्यान गएको बताइएको छ ।भुललाई बचाउने क्रममा टीकापुर उद्योग वाणिज्य सङ्घका सल्लाहकार संयोजक सुरेन्द्र किशोर गिरीसमेत सामान्य घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *