कार्यसम्पादनमा टीकापुर छैटौं स्थानमा

शेयेर गर्नुहोस


टीकापुर ११ फागुन /
कैलाली जिल्लाको कार्यसम्पादन तथा मुल्यांकनका आधारमा टीकापुर नगरपालिका छैटौं स्थानमा देखिएको छ ।
१३ वटा स्थानीय तह रहेको कैलाली जिल्लामा उत्कृष्ट गोदावरी नगरपालिका देखिँदा सबैभन्दा पछाडि गौरिगंगा नगरपालिका देखिएको छ । गोदावरीले ४२ दशमलव ७८ अंक प्राप्त गर्दा गौरिगंगाले १७ दशमलव ७५ अंक प्राप्त गरेको छ । टीकापुर नगरपालिका भन्दा अगाडि जानकी गाउँपालिका र कैलारी गाउँपालिका रहेका छन् । टीकापुर नगरपालिकाले ३२ दशमलव ५२ अंक प्राप्त गर्दा जानकी गाउँपालिकाले ३६ दशमलव ४८ अंक प्राप्त गरेको छ । त्यसैगरी जिल्लाकै तेस्रो स्थानमा रहेको कैलारी गाउँपालिकाले ४१ दशमलव ३८ अंक प्राप्त गरेको छ । जिल्लाको दोस्रो स्थानमा घोडाघोडी नगरपालिका देखिएको छ । घोडाघोडीले ४२ दशमलव ४३ अंक पाएको छ । जिल्लाको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिका पाचौंमा देखिएको छ । धनगढीले ३४ दशमलव ७३ अंक पाएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाको सातौं स्थानमा जोशीपुर गाउँपालिकाले २८ दशमलव १३ अङ्क, चुरे गाउँपालिकाले २७ दशमलव ८८ अङ्क, बर्दगोरीया गाउँपालिकाले २५ दशमलव ६३ अङ्क, मोहन्याल गाउँपालिकाले २४ दशमलव ५५ अङ्क प्राप्त गरेको छ । भजनी नगरपालिका कार्यसम्पादन तथा मुल्यांकनको आधारमा जिल्लाको ११ औं स्थानमा देखिएको छ भने भजनी नगरपालिकाले २३ दशमलव २८ अङ्क र लम्किचुहा नगरपालिकाले १२ औं स्थानमा रहँदै १९ दशमलव ५१ अङ्क प्राप्त गरेको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यसम्पादन मूल्याङ्कनका लागि १७ वटा सूचक राखेको थियो

ताजा खबर

वक्तृत्वकला प्रतियोगितामा आइएमई प्रथम

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *