खानेपानीको सातौं वार्षिक साधारण सभा सप्पन्न

शेयेर गर्नुहोस


टीकापुर २१ साउन /

टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सातौँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा सुदुरपश्चिम प्रदेश सरकारका भाैतिक विकास पुर्वाधार मन्त्री प्रकाश बहादुर देउवाले खानेपानीलाई नेपालको संविधानले नागरिकको माैलिक हकको रुपमा लिएको बताउँदै शुद्ध खानेपानी खान पाउनु सम्पुर्णको अधिकार रहेको बताएका छन् । उनले स्थानीय, प्रदेश र संघीय तीनै तहको सरकारले शुद्ध पानी प्रयोग गर्न पाउनु पर्छ भनि पन्च वर्षीय योजनाको लक्ष्य रहेको बताए ।
देउवाले तीन तहको पन्च वर्षीय लक्ष्यलाई सफल बनाउन एक्लै स्थानीय सरकार, प्रदेश सरकार या संघीय सरकार लागेर क्यै नहुने बताउँदै त्यसका लागि तीनै तहका सरकारका सक्रियता जरुरी रहेको बताएका छन् ।
उनले अहिलेको अवस्थामा खानेपानी मुख्य समस्या भनेको तराईमा भन्दा पहाडी क्षेत्रमा रहेको बताउँदै तराई क्षेत्रमा रहेका ताते पम्प (नल्का) लाई विस्थापित गरेर शुद्ध खानेपानी खुवाउने अवधारणा रहेको समेत बताए । प्रमुख अतिथि देउवाले चाल आर्थिक वर्षमा सरकारले एक घर एक धाराको अवधारणा ल्याएको बताउँदै शुद्ध खानेपानी खुवाउनका लागि सरकारले अति विपन्न घर परिवारमा धारा जडान गरी शुद्ध खानेपानी खुवाउने गरि बजेट ल्याइएको बताएका छन् ।
कार्यक्रममा टीकापुर नगरपालिका नगर उप प्रमुख खडक बहादुर शाहले टीकापुर नगरपालिका भित्र खानेपानीको धारा जडान गर्न अझैपनि धेरै उपभोक्ता बाँकी रहेको बताउँदै उनीहरुलाई धारा जडानका निम्ति जडान शुल्कमा सहुलियत दिइ टीकापुर नगरपालिकालाई पुर्णतया शुद्ध खानेपानी खुवाउन जरुरी रहेको बताएका छन् । उनले पछिल्लो समय पालिका भित्र विभिन्न विकासका निर्माणका कार्य भइरहेको बताउँदै खानेपानीमा केहि समस्या देखिएको र त्यो समस्या सामान्य रहेको बताए ।
कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले खानेपानीलाई सर्वसुलभ बनाउन जरुरी रहेको बताए । उनले एक घर एक धारा अवधारणा अन्तरगत चालु आर्थिक वर्षमा वडाले ३० विपन्न घरदुरीमा खानेपानी धारा जडान गर्ने लक्ष्य रहेको जानकारी दिएका छन् । साथै उनले विकास निर्माणका काममा नगरपालिकाबाट भएका थुप्रै कार्यमा खानेपानी तथा सरसफाइ संस्थाको सम्वन्य रहेको समेत बताएका छन् ।
कार्यक्रममा अस्नेहरी बाघमाराका टोल संयोजक रामलाल चाैधरी, महिला जागरण शोभा शर्मा ज्ञवाली, नागरिक समाजका भिमराम चपाई, नेपाल समाजवादी पार्टीका जिल्ला अध्यक्ष विरेन्द्र साउँद, नागरिक उन्मुक्ति पार्टीका नगर अध्यक्ष जित बहादुर चौधरी, नेकपा एकीकृत समाजवादी पार्टीका टीकापुर नगर अध्यक्ष रंग अधिकारी, नेपाली कांग्रेसका क्षेत्रीय सभापति प्रकाश शाह, ललिता सुनार, पुर्व राज्य मन्त्री चन्द्र सिंह भट्टराई, उमा देवी वादी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थाले उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको थियो । जसमा उत्कृष्ट कर्मचारी लेखा अधिकृत डम्बर विक रहेका छन् । अध्यक्ष नरेश खत्रीको अध्यक्ष्ातामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष सिर्जना शर्मा पण्डितले गरेकी थिइन भने कार्यक्रमको सञ्चालन सचिव मनिष बलायरले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *