शेयेर गर्नुहोस
टीकापुर ०३ साउन /
टीकापुर अस्पताल बाहिर १० वटा सडर छन् ।
ती सटर अस्पतालले विगत लामो समयदेखि भाडामा दिएको छ । लामो समयदेखि सञ्चालनमा रहेका सटर खाली गर्न भन्दै अस्पतालले असार २ गते नै व्यापारीहरुलाई पत्राचार गरेको थियो । उक्त पत्रअनुसार साउन १ गतेभित्र सबै सटर खाली गरिसक्नुपर्ने थियो । त्यहाँसम्म एकजना व्यापारी भन्दा अन्य कसैले पनि पसल खाली गरेका छैनन् । सबै सटरमा औषधि पसल छन् । त्यो मध्ये दुईवटामा खाजा पसल सञ्चालन भएको थियो । त्यसमध्ये एउटा खाजा पसल खाली भएको छ ।
त्यहाँका व्यापारीहरुले भने अस्पतालको निर्णयले आफुहरुलाई अन्योलमा पारेको बताएका छन् । “हामी १०/१२ वर्षदेखि यहीँ सटरमा बसेका छौँ । अहिले एकाएक सटर खली गर्न भन्दै पत्र आएपछि हामीमा अन्योलमा आएको छ ।” एक व्यापारीले भने, “हामी खाली गर्दैनौं भन्दैनौं । दशैतिहारसम्म बस्न दिनुहोस् भन्ने हो ।” उनले अस्पतालको फार्मेसीले अस्पतालको औषधिको मात्रा पूरा गर्न नसक्ने भन्दै सडक पार गरेर हतारमा जाँदा दुर्घटनाको जोखिम बढ्ने बताएका छन् ।
अस्पतालले निर्माण गरेको सटरमा खाजा पसल सञ्चालन गर्दै आएका कर्णबहादुर बोगटी पर्ख र हेरको अवस्थामा बसेका छन् । उनी सबैले खाली गरे आफु पनि खाली गर्ने नभए व्यापारलाई निरन्तरता दिने सोचमा छन् । “म एक्लै जाने कुरा हुँदैन, सबैले खाली गर्यो भने म एक्लै बस्छु भन्न पनि मिलेन ।” उनले भने, “केही अप्ठ्यारो सामान घरमा लिएर व्यवस्थापन गरेको छ । केही सामान छ । त्यसको व्यवस्थापन आगामी दिनले निर्धारण गर्छ ।” १० वर्षदेखि सञ्चालनमा रहेको खाजा पसल भएको ठाँउबाट हटाएपछि व्यवसाय बन्द गरेर बस्ने बताएका छन् । सटर खाली गर्दा व्यवसाय गरेर बसेकाहरु व्यवसायबाट विस्थापित हुने र त्यो व्यवसायको भरोसामा रहेका कर्मचारीहरु पनि मर्कामा पर्ने व्यवसायीहरुको भनाई छ ।
अस्पतालले भने सडर आफैलाई आवश्यक परेको भवन अभावले अस्पतालको सेवा प्रवाहमा समस्या परेको भन्दै गएको मंसिरदेखि सो साटरको सम्झौता समेत गरेको छैन ।