गृहमन्त्रि थापा सहितको टोलीले रामारोशन पुगेर प्रभावित क्षेत्रको निरिक्षण गरे

शेयेर गर्नुहोस


समाधान समाचार,
अछाम ०५ भाद्र/
गृहमन्त्री रामबहादुर थापा (बादल) सहितको मन्त्री टोलीले बाढीका कारण २२ घर सहित १७ जना वेपत्ता भएको रामारोशन गाउपालिका वडा सैनीबजार क्षेत्रको निरिक्षण गरेको छ ।
निरिक्षणका क्रममा गृहमन्त्री थापाले उपस्थित स्थानीयलाई सम्बोधन गर्दै पीडितको राहत, पुर्नस्थापना र पुर्न निर्माणमा सरकार तयार रहेको बताएका छन।देशभरमा विपदले गर्दा ठुलो जनधनको क्षति भएकाले आवश्यक सहयोगका लागि मन्त्रि मण्डलमा समेत छलफल भएर आवश्यक निर्णय भईसकेको बताउदै मृतक र वेपत्ता भएका व्यक्तिको परिवारलाई संघ र प्रदेशबाट राहत रकम उपलब्ध हुने र बगेका घर सरकारले नै पुर्ननिर्माण गरिदिने गृहमन्त्री थापा प्रतिबद्धता ब्याक्त गरेका छन।
नेकपा स्थायी सदस्य तथा सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य भीम रावलले सरकारले स्थानीयका समस्या तत्काल, मध्यम र दीर्घकालिन समस्यामा ध्यान दिएर काम गर्नुपर्नेमा जोड दिएका छन । नेता रावलले आफुले त्यहाँका समस्याका बारेमा प्रधानमन्त्रीसँगै कुरा भइरहेको बताउदै तत्काल मृतकका आफन्तलाई किरिया खर्च स्वरुप १ लाख उपलब्ध गराउनुका साथै राहतका सामाग्री समेत हस्तान्तरण गरेका थिए। उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले बाढी पीडित परिवार राहत र पुर्नस्थापनालाई पहिलो आवश्यकता भएको भन्दै त्यस्कालागी आवश्यक गृहकार्य सुरु भैसकेको बताएका छन।
स्थानीयले पुर्नस्थापना, सडक, पुल, सञ्चारको सहजता बनाइदिन निरीक्षण टोलीसँग अनुरोध गरेका छन् । रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर बहादुर साउँद (भाष्कर)ले गृहमन्त्री थापालाई सात बुँदे माग पत्र समेत बुझाएका छन।बाढी र पहिरो पीडितका लागि नेपाल रेडक्रस सोसाइटी, सुदूरपश्चिमेली समाजले खाद्यन्न, त्रिपाल, लत्ता कपडा सहयोग गरेर हस्तान्तरण गरिएको छ ।तत्काल राहत दिनुपर्ने सैनी, सनानीगाँउ, धनेसल्ला, शोडना लगाएत क्षेत्रका १ सय बढि घर परिवार भएकाले त्यतै राहत केन्द्रित रहने गाउपालिका उपाध्यक्ष सरस्वती रावलले बताइन। तत्कालका लागि गाउपालिबाट २७ बोरा चामल, २ सय पोका नुन, नेपाल रेडक्रस शोसाईटि अछामको सहयोगमा २ क्विन्टल चिनी, १ सय लिटर तेल, १० केजि चियापत्ती, साबुन, मसला तथा सरसफाईका सामाग्री, सुदुरपश्चेमली नेपाली समाजबाट १४ बोरा चामल, ६९ केजि दाल, ४४ लिटर तेल प्राप्त भएको रावलले बताइन ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *