शेयेर गर्नुहोस
समाधान समाचार , टीकापुर १६ चैत/
जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टीकापुरको होलि मिलन कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष बद्रीप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक धनगढी शाखाका प्रबन्धक कृष्ण रावलले टीकापुरमा धेरै सहकारी भएपनी जनकल्याणले कमाएको योगदानले अन्य सहकारीलाई समेत प्रोत्साहन गरेको बताउनुभयो । उहाले सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लामा उत्कृष्ट सहकारी बन्नु सामान्य कुरा नभएको भन्दै आगामी दिनमा अझै सशंक्त रुपमा अगाडि बढ्छ भन्नेमा राष्ट्रिय सहकारी आसाबादी भएको बताउनुभयो । शाखा प्रबन्धक रावलले संचालक समितिले मात्र नभई अन्य सदस्यको भुमिका पनि संस्थालाई माथी उठाउन महत्त्वपूर्ण रहने बताउनुभएको छ ।
कार्यक्रमका बिशिस्ट अतिथिका तथा संस्थाका संस्थापक अध्यक्ष गणेशबहादुर साउदले जनकल्याणलाई नमुना सहकारी बनाउने लक्ष्य भएको बताउदै त्यसै चुनौतीमा अवसर खोज्दै अगाडि बढेको बताउनुभयो । उहाँले चुनौतिलाई अवसरमा परिणत गर्दै आज समाजको बिश्वास जित्न सफल हुँदै गएको बताउनुभएको छ । “हामिले सुन्तला रोपेर स्याउ खान खोजेका थिएनौ । स्याउ खान स्याउ नै रोपेका थियौ ।” साउदले भन्नुभयो , ” त्यसमा नेतृत्वको पनि भुमिका महत्त्वपूर्ण रहन्छ । त्यो नेतृत्व जनकल्याणले पाएकै कारण सफलता पाएको हो ।” अध्यक्ष भट्टराईले सहकारी संस्थाको यो उचाइमा पुर्याउन संस्थाका संचालक र कर्मचारीको भुमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले एक ब्याक्तीले मात्र चाहेर संस्था अगाडि बढ्न नसकिने भन्दै सबैको भावना सकारात्मक हुनुपर्ने बताउनुभएको छ । कार्यक्रममा संस्थाका कोषाध्यक्ष लालकेश जैसी, लेखा समिती संयोजक उमाकान्त भण्डारी लगाएतले शुभकामना ब्याक्त गर्नु भएको थियो ।
संस्थाका प्रबन्धक छबिलाल जैसीले संचालन गर्नुभएको कार्यक्रमको स्वागत संस्थाका उपाध्यक्ष निर्पराज भण्डारीले गर्नुभएको थियो।