जनता समाजवादीको नगर अध्यक्षमा जितबहादुर

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर २८ मंसिर /
जनता समाजवादी पार्टीको टीकापुर नगर समितिको समायोजन सहित घोषणा कार्यक्रम सम्पन्न भएको छ ।
समायोजन सहितको घोषणा कार्यक्रममा जितबहादुर चौधरीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ समिती चयन गरिएको छ । जसको उपाध्यक्षमा गोपाल विक, सचिवमा दिपक बराल, सहसचिव बिन्द्रा चौधरी चयन भएका छन् भने एकजना उपाध्यक्ष र एकजना सहसचिव पछि टुंगो लगाउने गरि सात जना पदाधिकारी रहनेगरी समिति चयन गरिएको हो । त्यस्तै कैलालीको क्षेत्र नं. १ प्रदेश “ख” को संयोजकमा धर्म घर्ती मगर, टीकापुर नगर महिला संगठनको संयोजकमा आशा चौधरी र ब्यापार संगठनको संयोजकमा रतन टमट्टालाई चयन गरिएको छ ।
कार्यक्रममा सम्बोधन गर्दै जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा कैलाली क्षेत्र नं. १ का इन्चार्ज डा. जनकराज शाहले पुराना राजनीतिक दलहरू समयानुकूल परिवर्तन हुन नसक्नु र नयाँ बिचारहरुको उदय हुन नसकेकै कारण आफुहरुले वैकल्पिक शक्तिको स्थापना गरिएको बताएका छन् । उनले जनता समाजवादी पार्टी बिचारमा नयाँ सहितको वैकल्पिक शक्ति भएको दाबी गरेका छन् ।
“हामिभित्र थुप्रै समस्याहरु रहे । हामिले समयमै पार्टीको सांगठनिक बिस्ताको कामलाई अगाडि बढाउन सकेनौं । केही त्यतिबेला नेतृत्वमा रहेका केही ब्याक्तीहरुका कारण हामिले एक/ डेढ वर्ष त्यसै गएको छ ।” शाहले भने, “अब पार्टीलाई मजबुत बनाउनको लागि तल्लो तहबाटै कार्यको सुरुवात गर्नुपर्छ जुन हामिले टीकापुरबाट गरेका छौँ ।”
कार्यक्रममा समाजवादी पार्टीका शुदुरपश्चिम प्रदेश सदस्य रतन टमट्टाले जनताको लागि स्थापना भएका राजनीतिक दलहरुले जनताको लागि भन्दा पनि आफ्नै लागि लागिपरेको बताउँदै जनताको माझमा वैकल्पिक शक्तिको रुपमा समाजवादी पार्टी स्थापना भएकले अबको विकल्प भनेकै समाजवादी पार्टी रहेको बताएका छन् । समाजवादी थरुहट परिषदका केन्द्रिय सदस्य दिनेश चौधरीले अबको बाटो समाजवाद तर्फ उन्मुख हुन आवश्यक रहेको बताउँदै त्यसैको लागि थारुहट परिषद गठन गरिएको बताएका छन् ।
जनता समाजवादी पार्टीका संघीय परिषद सदस्य हरि तिमिल्सिनाले विगतका राजनीतिक दलका नेताहरूले जनतालाई झुटो आश्वासन भन्दा केही नपाएको बताउँदै जनतालाई भोट बैंकको रुपमा प्रयोगमात्रै गरेको बताएका छन् । उनले शासकीय प्रवृत्तिको अन्त्य गर्न सफल भएपनि जनताको आवश्यकतालाई बदल्न नसकिएको भन्दै त्यसैको लागि समाजवादी पार्टीको उदय भएको बताएका छन् । “हामी भित्र पनि एक खालको समस्या थियो । त्यो समस्याबाट भरखरै मुक्ती पाएका छौँ । नेतृत्वमा देखिएको लालचका कारण पार्टीले आफ्नो गति लिन सकेको थिएन ।” तिमिल्सिनाले भने, “अब हामिमा नेतृत्वको लागि मरिहत्ते गर्ने कोही छैन । काम नगर्नेहरुलाई हामी पार्टीमा समावेश ह्म्गराउँदैनौ । र जनता समाजवादी पार्टी काँग्रेस र कम्युनिस्ट पार्टीको विकल्पको रुपमा स्थापना भएको हो ।”
बुद्धिजीवी तथा समाजवादी पार्टीका नेता चन्द्रप्रकाश चौधरीले जनता समाजवादी पार्टीलाई जुझारु शसक्त रुपमा अगाडि बढाउन पार्टीको नेतृत्व गम्भीर बन्नुपर्ने भन्दै सक्रियताले मात्रै पार्टीलाई बैकल्पिक शक्तिको रुपमा विकसित गर्न सकिने बताएका छन् । पेशागत बौद्धिक महासंघका केन्द्रिय उपाध्यक्ष छत्र दर्लामी मगरले राज्यसत्ताको असमान व्यवहारले नागरिकहरु उत्पिडनमा परेको बताउँदै चुनावको समयमा गाउँघरमा आएर पैसाको दुरुपयोगमा नागरिकहरू बिक्रि भएपछि भोलिका दिनमा त्यसको परिणाम विगतको भन्दा नयाँ कुनै देख्न नपाइने बताएका छन् ।
नरबहादुर घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत जितबहादुर चौधरीले गरेका थिए भने, कार्यक्रम सञ्चालन जनता समाजवादी पार्टीका कैलाली जिल्ला सचीव बिरेन्द्र साउँदले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *