जनमतको सधैं कदर गर्नेछु : डगौंरा

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर १० जेठ /
टीकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगौंरा थारुले जनताको जनमतको कदर गर्दै काम गर्ने बताएका छन् ।
टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा भएको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नगर प्रमुख डगौंराले जनताले दिएको जनमतलाई मनन गर्दै सबै क्षेत्रको सुझाव र सल्लाहअनुसार काम गर्ने बताएका हुन । “हामी पात्र मात्रै हौं । काम गर्ने र गलत भए खबरदारी गर्ने र राम्रो भए त्यो भन्दा राम्रो कसरी गर्ने सुझाव सल्लाह हामिलाई सबैको चाहिन्छ ।” नगर प्रमुख डगौंराले भने, “टीकापुर बजार व्यवस्थापनका लागि हामी गम्भीर छौं । सबै गम्भीर हुनुपर्छ ।” उनले टीकापुरमा पुजि भित्र्याउनका लागि पनि उद्योग वाणिज्य संघको भुमिका महत्त्वपूर्ण रहने बताउँदै पुजि भित्र्याउन सकेपछि मात्रै हामी सफल हुने बताएका छन् ।
कार्यक्रममा विशिष्ट अतिथि तथा नगर उपप्रमुख खडकबहादुर शाहले टीकापुर उद्योग वाणिज्य संघको भुमिकालाई पुजि सँग जोडिर समृद्ध टीकापुर बनाउनमा लाग्नुपर्ने बताएका छन् । “टीकापुरमा धेरै सम्भावनाहरु छन् । ती सम्भावनालाई पछ्याउन मात्रै नसकेका हौं । अब ब्यापारी र उद्योग वाणिज्य संघले समन्वय गरेर बजारको व्यवस्थापनमा ध्यान दिनुपर्छ ।” नगर उपप्रमुख शाहले भने, हामी टीकापुर बजारलाई राती १० बजेसम्म खुला राख्न सक्ने कि नसक्ने ? त्यस्तो बाताबरण बनाउनको लागि संघले भुमिका खेल्न सकोस । हामी संरक्षण दिन्छौं ।”
नगर उपप्रमुख शाहले टीकापुरमा देखिएको सामाजिक अन्तरविरोध समाप्त नभएसम्म बाह्य लगानीलाई भित्र्याउन गाह्रो भएको बताउँदै समग्र टीकापुरको भविष्यलाई सुनिश्चित गर्नको लागि सबै एकै ठाउँमा केन्द्रित हुनुपर्ने बताएका छन् । कार्यक्रममा संघका पुर्व अध्यक्ष नरेशकुमार खत्रीले जनप्रतिनिधिहरुले सबै विकासप्रेमी संघसंस्थालाई सँगै लगेर अगाडि बढ्न आग्रह गरेका छन् । उनले उद्योग सञ्चालन र उद्योगी भित्र्याउनका लागि स्थानीय सरकारले भुमिका खेल्नुपर्ने बताउँदै विकास र पुजिको विषयमा संघ सँगै मिलेर अगाडि बढ्ने बताएका छन् ।
संघका अध्यक्ष रामबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत सचीव गणेशराज रेग्मीले गरेका थिए, भने सञ्चालन महासचिव तपेन्द्र स्वाँरले गरेका थिए ।

ताजा खबर

मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

बैंकर्स क्लब गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *