शेयेर गर्नुहोस
टीकापुर १३ जेठ /
जानकी गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ का निती तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।
सोमबार गाउँसभाको १६ औ अधिवेशनमा गाउँपालिका अध्यक्ष गणेश चौधरीले प्रस्तुत गरेको उक्त निती तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको हो । शिक्षा, स्वास्थ्य कृषि र वातावरणमैत्री पुर्वाधार पहिचान सहितको जानकी गाउँपालिका विकासको मुल आधार भन्ने नारा सहित सुरु भएको अधिवेशनमा समृद्ध जानकी गाउँपालिका, सुखी जानकी गाउँवासीको अवधारणा अनुसार शिक्षा युवा तथा खेलकुदमा कमाण्डो क्लास, बोस्टर क्लास, क्लास टेस्ट, युनिट टेस्ट जस्ता अतिरिक्त शैक्षिक क्रियाकलाप संचालन गर्ने, कार्य सम्पादनको आधारमा टीचर अफ द वर्ष घोषणा, एक विद्याय एक नर्स कार्यक्रम, पढ्दै कमाउदै, एक विद्याय एक करेसावारी, विद्यार्थी संख्याको आधारमा प्रति विद्यार्थी अनुदान कार्यक्रम, व्यवहारिक शुक्रबार कार्यक्रम, युवा मैत्री स्थानिय प्रवर्द्धन कार्यक्रम, एक वडा एक खेल मैदानको कार्यक्रम, विद्यार्थी सँग अध्यक्ष कार्यक्रमको निती लिएको छ ।
स्वास्थ्यमा स्वास्थ्य संस्थामा किशोर किशोरी मैत्री, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम, स्वास्थ्य विमा कार्यक्रम, पोषण कर्नर, समुदाय सँग स्वास्थ्य अध्यक्ष कार्यक्रम,एक वडा एक जेष्ठ नागरिक विश्रामस्थलको अवधारणा, स्वास्थ्य प्रर्धनक क्रियाकलाप संचालन गर्ने निति तथा कार्यक्रम रहेको छ
कृषिमा आधुनिक कृषि औजारहरु अनुदान सहयोग कार्यक्रम, कृषि चक्लाबन्दी कार्यक्रम, उत्पादनमा आधारित अनुदान सहयोग कार्यक्रम, एकल तथा द्धन्द पिडित महिला स्वरोजगार कार्यक्रम, किसान सुचिकरण कार्यक्रम, मकै खेतीको हब,गड्यौला खेती, एक वडा एक व्यवसायिक फलफुल खेती विस्तार कार्यक्रमको निती तथा कार्यक्रम लिएको छ ।
पशुसेवाको लागि सामुदायिक छाडा पशु चौपाया व्यवस्थापन कार्यक्रम, निशुल्क पशु स्वास्थ्य कार्यक्रम, सरकारको निती अनुसारको खोप कार्यक्रम, खेत खेतमा कृषि प्राविधिक,गोठ गोठमा कृषि प्राविधिको निती तथा कार्यक्रम रहेको छ भने पुर्वाधार विकासमा खुला क्षेत्र एवम् सामुदायिक पार्क, बजारको मुख्य क्षेत्रमा स्मार्ट सडक बत्ति जडानको निती तथा कार्यक्रम रहेको छ ।
गाउँपालिकाले लक्षित समुह सहकारी, प्रवद्र्धन, पहुँच अभिवृद्धि कार्यक्रम, निशुल्क शव वाहन एवम् चिस्यान मेसिन, सामुदायिक होम स्टे, थारु लोक कलाको हब, हिंसा विरुद्धको शुल्न सहनशिलता, डिजिटल जानकी, गाउँपालिकाको विकासमा नागरिकको सहभागिता, सडकहरुमा वृक्षारोपण गरि हरियाली प्रवद्र्धन कार्यक्रम,एक घर एक विरुवा, गाउँपालिका क्षेत्र भित्र इ लाइबेरी स्थापना गर्ने निती अवलम्बन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै स्थानिय समुदायको मौलिक परम्परा संस्कार संस्कृति संरक्षण र प्रवद्र्धनको लागि प्रोत्साहन गर्ने, रैथाने खानाको प्रवद्र्धन तथा होमस्टे,संग्राहलय संचालन गर्ने जस्ता निती तथा कार्यक्रम रहेको छ । सभा अध्यक्षले प्रस्तुत गर्नु भएको निती तथा कार्यक्रमका सभा सदस्यहरु तथा वडा नं. ३ का वडा अध्यक्ष सुरेश चौधरी, वडा नं. ४ का वडा अध्यक्ष दिपेन्द्र कुमार कठरिया, वडा नंं ८ का वडा अध्यक्ष तिर्थराज उपाध्याय, वडा नं. ९ का वडा अध्यक्ष खकेन्द्र भण्डारी लगाएत सुझाव दिएका थिए ।
अधिवेशनमा गाउँपालिका उपाध्यक्ष लालमति देवी कठरियाले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को न्यायिक समितिको प्रगतिप्रतिवेदन पनि पारित भएको छ ।
अधिवेशनको शुन्य समयमा सभा सदस्यहरु भिम बहादुर चौधरी, तिर्थ राज उपाध्याय, खकेन्द्र भण्डारी लगाएतले बोलेका थिए । गाउँपालिकाको १६ औ अधिवेशनको दोस्रो बैठक असार ३ गते बस्ने गरि स्थगित भएको छ ।