शेयेर गर्नुहोस
दुर्गौली ८ असोज /
कैलालीको जानकी गाउँपालिका स्थानीय आपतकालिन कार्यसंचालन केन्द्रले असोज ८,९,१०,११ र १२ गते सम्मका लागि कृषकहरुलाई धान नकाट्न र काटिसकेका कृषकहरुले धान बालि व्यवस्थापन गर्न आग्रह गरेको छ ।
गाउँपालिकाले जल तथा मौसम विज्ञान विभागको पुर्वानुमान अनुसार मनसुन विशेष बुलेटिन प्रकाशन गरी वर्षा हुने भनेपछि धान नकाट्न आग्रह गरेको हो । यदि धान काटेको भए तत्काल बालिहरुलाई भित्राउन गाउँपालिकाका कृषकहरुलाई आग्रह गरेको छ ।
गाउँपालिकाले निर्माण गरेको पूर्व सूचना संयन्त्रको प्रयोग गरी पालिका बासीहरुमा म्यासेजका माध्यमबाट ,सामाजिक संजाल र पालिकामा रहेका ३ वटा बहुउपयोगी साइरन बाट समेत समेत जानकारी गराएको जानकी गाउँपालिका वन वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख नेत्र प्रसाद जैशीले जानकारी दिएका छ्न । गाउँपालिकाको पुर्व सूचना संयन्त्रमा गाउँपालिकामा रहेका जनप्रतिनिधि,बडघर, विद्यालयका प्रधान्ध्यापक,महिला स्वास्थ्य स्वयमसेविका,मेलमिलापकर्ता,कुला समिति, सामुदायिक वनका पदाधिकारीहरु रहेका छन ।
गाउँपालिकाले मौसमका बारेमा जानकारी लिन स्थानिय आपतकालिन कार्य सन्चालन केन्द्रले प्रकाशन गर्ने सूचनाहरु नियमित रुपमा हेर्न समेत आग्रह गरेको छ । नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले २०८१ असोज ७ गते साँझ ६ बजे मनसुन विशेष बुलेटिन प्रकाशन गरी यस्तो आग्रह गरेको हो ।










