जिप दुर्घटनामा ८ जना घाइते

शेयेर गर्नुहोस


समाधान समाचार
डडेल्धुरा, १८ साउन /
डडेल्धुरामा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । भीमदत्त राजमार्ग अन्तर्गत अमरगढी नगरपालिका वडा नं.७ पोखरा खानेपानीको मोड नजिकै जिप दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् ।
डडेल्धुरा प्रहरीका अनुसार आइतबार बिहान करिब १ बजे धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०१ ००१ ज १११५५ नम्बरको जिप दुर्घटना भएको हो । जिप अनियन्त्रित भई सडकभन्दा करिब २०० मिटर तल खसेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपाने जानकारी दिए ।
दुर्घटनामा घाइते हुनेमा बझाङको केदारस्यूँ गाउँपालिका ४ बागथलाका ३२ वर्षीय विभु प्रकाश भट्ट, ४५ वर्षीय मानबहादुर मल्ल, ३५ वर्षीय रवीन्द्र मल्ल, १२ वर्षीया सम्पदा मल्ल, १२ वर्षीय विवेक मल्ल रहेको छन् । यस्तै, सोही ठाउँका ४२ वर्षीया यशोदा मल्ल, ५० वर्षीया सरस्वती मल्ल र बझाङकै बङ्गल नगरपालिका ४ का जिप चालक ३२ वर्षीय अम्मर विक पनि घाइते भएका डिएसपी न्यौपानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *