जिशी अभिनित थरुनी बिउटिफुल छे सार्बजनिक

शेयेर गर्नुहोस


टीकापुर÷नायक तथा मोडेल मुकुन्द जीसीको अभियन रहेको ‘थरुनी ब्युटिफुल छे’ बोलको गीत सार्वजनिक भएको छ । गायक गणेश चौधरी र गायिका समीक्षा चौधरीको स्वरमा रहेको उक्त गीत मुकुन्द युटुव च्यानलबाट सार्वजनिक गरिएको हो । गणेश चौधरीको म्युजिक र एरेञ्ज रहेको उक्त गीतको मिक्सिङ प्रकाश केसीले गरेका हुन् भने उक्त गीतको निर्देशन बिक्रम चौहानले गरेका थिए ।
क्यामेरामा दिपेश ठगुन्ना, इडिट र कलरमा लक्ष्मण चौहान रहेका छन् । दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेका जीसी पछिल्लो समयमा थारु भाषाका गीतहरुमा एक छत्र राज जमाउन सफल भएका छन् ।
केही चलचित्रहरुमा समेत अभिनय गरेका जीसीले मोडलिङ आफ्नो शौख भएको बताउ“दै यसलाई निरन्तरता दिने बताएका छन् । ‘मेरो अभिनय क्षेत्रमा रुचि भएकै कारण कलाकारिता क्षेत्रमा आकर्षित भएको हु“ ।’जीसीले भने, ‘जहा“ रहर हुन्छ, त्यहा“ सफलता पनि प्राप्त हु“दोरहेछ । मैले गरेको कार्यबाट म सन्तुष्ट छु ।’ उनले थारु समुदायमै आफ्नो बालापन बितेका कारण पनि थारु गीतहरुप्रतिको आकर्षण बढ्दै गएको बताउ“दै नेपाली गीतहरुमा पनि आफ्नो अभिनयको यात्रा निरन्तर जारी रहेको बताएका छन् । उनले दर्शक, स्रोताहरुको माया र सद्भावका कारण कलाकारिता क्ष्ँेत्रमा स्थापित हु“दै गएको बताउ“दै एकपछि अर्को गीतमा अभिनय गर्दै दर्शक, स्रोताको मन जित्न लागिपरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *