जीवन ज्योतिको प्रथम वार्षिकोत्स्व सम्पन्न

शेयेर गर्नुहोस


लक्ष्मण बि क , टीकापुर १४ चैत /
विद्यालय खोलेर मात्र हुदैन गुणस्तरीय शिक्षा दिन सक्नु पर्छ भन्दै टीकापुर नगरपालिका वडा नं. ८ वडा अध्यक्ष दीर्घबहादुर ठकुल्लाले पछिल्लो समय टीकापुर नगरपालिकामा शिक्षालाई ब्यापारीक रुपमा लिने गरेको बताएका छन् । उनले शैक्षिक गुणस्तर कायम गर्न सके मात्र विद्यालयले सफलता हासिल गर्न सक्ने बताएका छन् । विद्यालयको प्रगतिसँगै विद्यार्थीहरुको जीवनमा समेत शिक्षाले सही मार्ग निर्देशन गर्ने खालको हुनुपर्ने कुरामा जोड दिएका छन् ।
प्रमुख अतिथि ठकुल्लाले शिक्षाको महत्व सम्पूर्णले अहिले नै बुझ्नु पर्ने बताउँदै पछि गएर कुनै ठाउँमा काम वा कुनै कार्य गर्दा शिक्षाको महत्व कति आवश्यक छ ? भन्ने कुरा ज्ञान हुने बताएका छन् । उनले सामुदायिक विद्यालयले विद्यार्थीको भार थेग्न नसक्ने बताउदै निजि विद्यालय समुदायको माग रहेको बताएका छन् । शिक्षा सञ्चालन गर्नका लागि विशेषगरी चारवटा स्तम्भ अनिवार्य रुपमा सफल हुन जरुरी रहेको बताउँदै ठकुल्लाले जसमा अभिभावक, विद्यालय, नियमनकारी निकाय र बालबालिका रहेको बताएका छन् ।
कार्यक्रममा नेपाल शिक्षक संघका अध्यक्ष रघु उपाध्यायले अभिभावकले राम्रो शिक्षाको आश राख्नु भनेको जाएज रहेको बताउदै विद्यालयको आवश्यक शिक्षा दिनु पर्ने बताएका छन् । उनले विद्यालय संरचनाको जग बलियो भयो भन्दैमा शिक्षा प्रणाली राम्रो हुन्छ भन्ने छैन शिक्षा प्रणाली राम्रो र कुशल भए विद्यार्थी आफै आउने बताएका छन् ।
कार्यक्रममा कुशल अभिभावकको रुपमा जानुराम चौधरी, मेवालाल चौधरी, कटकबहादुर थापा, दुर्गा चौधरी, कमला चौधरी, मुन्नालाल चौधरी र दुखराम चौधरीलाई सम्मान गरिएको छ । त्यस्तै, कुशल विद्यार्थी प्रवेश चौधरी र आराधना चौधरी समेत सम्मानित भएका छन् ।
त्यस्तै नियमित विद्यार्थी सुष्मा चौधरी गरी विद्यालयमा सञ्चालित वार्षिक गतिविधि अन्तर्गत कक्षागत रुपमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो । सोही अवसरमा विद्यालयले सञ्चालन गरेको अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न विधामा प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा आउँदो शैक्षिक सत्रभरि कक्षा नर्सरीमा भर्ना हुन आउने विद्यार्थीहरुलाई निःशुल्क भर्ना गरिने र विद्यालय पोशाक निःशुल्क प्रदान गरिने विद्यालय सञ्चालक तथा विव्यवस अध्यक्ष तिमिल्सैनाले बताएका छन् । सोही अवसरमा विद्यालयको दुई कोठा नयाँ पक्की भवनको समेत उद्घाटन गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र तिमिल्सैनाको अध्यक्षतमा भएको कार्यक्रमको स्वागत विद्यालयकी प्रिन्सिपल बबिता चौधरीले
गरेकी थिइन भने कार्यक्रमको सञ्चालन विद्यालयका भाषा शिक्षक मानबहादुर बटालाले गरेका थिए । कार्यक्रममा दिलिप आले, रुपलाल चौधरी, सीपी खनाल, नवराज तिमिल्सिना, बीरेन्द्र साउँद, पदम धामी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *