जेठ ३१ सम्म लम्बियो कैलालीमा निषेधाज्ञा

शेयेर गर्नुहोस


समाधान समाचार, जेठ २० /
कैलालीमा जेठ ३१ गते निषेधाज्ञा लम्बिएको छ । कोरोना महामारी यथावत् रहेकाले निषेधाज्ञाको अवधि बढाइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिएका छन ।
आइतबार मङ्गलवार बिहीबार शनिवार बिहान ६ देखि १० बजेसम्म खाद्यान्न,तरकारी,डेरी,मासु पसल खोल्न पाउने छ । यस अघि ९ बजेसम्म खोल्न दिइएको थियो ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को सिफारिसमा प्रशासन कार्यालयले निषेधाज्ञा बढाइको हो । कैलालीमा निषेधाज्ञा थपिएको यो ६ औँ पटक हो। वैशाख १६ गतेदेखि २२ गतेसम्म, वैशाख २३ गतेदेखि वैशाख मसान्तसम्म र त्यसपछि जेठ १ गतेदेखि जेठ ६ गतेसम्म, ७ गतेदेखि १३ गते र १४ देखी २१ गते सम्म निषेधाज्ञा जारी गरीएको थियो ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *