बजेटबाट सन्तुष्ट देखिएन टीकापुर

शेयेर गर्नुहोस


झलनाथ खनाल , टीकापुर १७ जेठ /
सरकारले सनिवार प्रस्तुत गरेको बजेटमा कैलालीको टीकापुर टीकापुर क्षेत्रलाई उपेक्षा गरिएको भन्दै राजनीति दल तथा सरोकारवाला संस्थाहरुले असन्तुष्टि ब्याक्त गरेका छन । सम्भावना भएको क्षेत्रलाई केन्द्र सरकारले सधै उपेक्षा गर्दै आएको भन्दै आफ्ना असन्तुष्टि पोख्न थालेका हुन । टीकापुर सर्किटका लागि केन्द्र सरकारको बजेटमा कुनैपनी आयोजनाले स्थान नपाएको भन्दै नागरिहरु समेत चिन्तित बनेका छन ।
नेकपा एमाले टीकापुर नगर अध्यक्ष मोहन बिकले बजेट लोकप्रिय भएको बताउदै टीकापुर क्षेत्रका लागि भने महत्त्वपूर्ण कुराहरुमा बजेटले नछुएको बताउनुभएको छ । ” बर्दियासंग जोडिएको सन्कट्टिमा पुल निर्माणको कुरा बजेटमा समाबेश हुनुपर्थ्यो । अन्य बजेट त मातहतका मन्त्रालयसंगको समन्वयमा पनि आउन सक्छ ।” नगर अध्यक्ष बिकले भन्नुभयो, ” केन्द्र सरकारसंग स्थानिय सरकारको पहलकदमी आवश्यक छ । बजेट भासणमा टीकापुर समेटिएन भनेर निरास हुनुपर्ने अवस्था छैन ।समन्वय र सहकार्यको खाचो भने छ ।”
नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले राज्यबाट टीकापुर सधै पछाडि पारिएको गुनासो गर्नुभयो । “हामिसंग केन्द्रतहमा प्रतिनिधि नहुदा राज्य आफै जिम्मेवार बन्नुपर्ने हो । टीकापुरका लागि केन्द्र सरकार कहिल्यै पनि जिम्मेवार देखिएन ।” सभापति अधिकारीले भन्नुभयो, “अधुरा कामलाई पूरा गर्न सम्म सरकार जिम्मेवारी रहन सकेन । अरुकालागी बजेट आयो होला तर टीकापुरका लागि छैन । उहाँले राजनीतिक दलहरू भित्रको सामुहिक एकता र प्रतिनिधि अभावको महसुस टीकापुरले गरेको बताउदै भन्नुभयो, “भन्सार दियो, क्वारेन्टाइन छैन, हवाइ मैदान छ जहाज आउदैन, रंगशालाका लागि २२ बिघा जग्गा छ गाइगोरु चर्छन ।”
नेकमा माओवादी केन्द्रका टीकापुर नगर कमिटी अध्यक्ष खडक शाहले टीकापुर राज्यको नजरबाट सधै टाढा रहेको बताउदै आगामी बर्षको बजेटबाट टीकापुरले सन्तुष्ट हुने कुनै ठाउँ नै नभएको बताउनुभएको छ । “टीकापुरबाट केन्द्रमा प्रतिनिधि छैन । यो बेला टीकापुरको अभिभावक्त्व सरकार आफैले गर्नुपर्ने हो । त्यो हुन सकेन ।” नगर अध्यक्ष शाहले भन्नुभयो, “बिगतमा डिपिआर भएका आयोजनाहरुलाई पनि प्राथमिकतामा आगामी बजेटले राख्न सकेन । भन्नुहोस् हामी बजेटबाट कसरी सन्तुष्ट हुनसक्छौ ।”
टीकापुर उधोग बाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले पनि बजेटले टीकापुरका समस्या र सम्भावनालाई सम्बोधन गर्न नसकेको बताउनुभएको छ । उहाँले राष्ट्रिय गौरवको आयोजनामा बजेट आउनु नियमित प्रक्रिया भएको बताउदै अन्य कुनै पनि योजनामा टीकापुर नसमेटिनु दु:खद भएको बताउनुभएको छ । “हामिले सत्ती भन्सारमा क्वारेन्टाइन, हवाई मैदानको पुनः निर्माण गरि संचालन, सनकट्टीमा पुल निर्माण, २२ बिघा क्षेत्रफल रहेको खेल मैदानको निर्माणका लागि राज्यसंग पटकपटक हारगुहार गरेका थियौ ।” अध्यक्ष भण्डारीले भन्नुभयो, “आश्वासन सधै पाइयो । काम कहिल्यै भएन । ती मध्ये एक आयोजनामा मात्रै बजेट परेको भएपनी खुशी हुने ठाउँ रहन्थ्योहोला ।” टीकापुर उधोग बाणिज्य संघले टीकापुर बिमानस्थल संचालनका लागि २०७६ को महोत्सवमा केन्द्र सरकारसँग माग गरेको थियो । तत्कालीन नागरिक उड्डयन तथा पर्यटन मन्त्री योगेश भट्टराईले बिमानस्थल संचालनका लागि टीकापुरलाई आश्वासन दिएको भएपनी बिमानस्थलको योजना दुई बजेट आइसक्दा पनि समाबेश नहुनु टीकापुरको लागि दु:खद भएको अध्यक्ष भण्डारी बताउनुहुन्छ ।
टीकापुरमा २०७५ सालमा स्थापना भएको सत्ती भन्सार कार्यालयमा कृषि र पशु क्वारेन्टाइन नहुदा करोडौं राजस्व चुहावट हुने गरेको छ । क्वारेन्टाइन गराई आयात गर्नको लागि ब्यापारीहरुले धनगढीको त्रीनगर भन्सार वा नेपालगन्जको रुपडिया भन्सार प्रयोग गर्नुपर्ने बाध्यता भएका कारण पनि टीकापुर क्षेत्रबाट तस्करी बढ्दै गएको स्थानीयको गुनासो छ ।
उता राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिचाइ आयोजनका लागि भने आगामी बर्षका लागि दुई अर्ब ३५ करोड बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी बर्ष ९ किलोमिटर नहर निर्माण गर्दै थप तीन हजार हेक्टरमा सिँचाई सुविधा पुग्ने बताउदै । तीन बर्षभित्र आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनुभएको थियो । २० हजार ३ सय हेक्टर क्षेत्रफलमा सिँचाईको सुविधा पुगाउने लक्ष्य राखिएको रानी जमरा कुलरिया सिचाइ आयोजनाबाट चार मेघावाटको विद्युत पनि उत्पादनका लागि समेत काम भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *