टास्कफोर्सलाई विपद आत्मसुरक्षा तालिम

शेयेर गर्नुहोस


भजनी १० असोज /
टास्क फोर्स र समुदायका अगुवाहरुका लागि आत्मसुरक्षा सम्बन्धि तीनदिने तालिम भजनी नगरपालिकामा सम्पन्न भएको छ ।
भजनी नगरपालिकाको समन्वय, Kerk in actie को आर्थिक सहयोग तथा Cordaid को प्राबिधिक सहयोगमा बहुउद्देश्यीय बिकास समाज(MPDS) डडेल्धुरा द्घारा संचालित प्रकोप जोखिम न्यूनीकरणका लागि सुदूरपश्चिम प्रदेशमा बाढी पहिरो प्रभावितलाई सहयोग कार्यक्रम अन्तर्गत बाढी तथा डुबान प्रभावित क्षेत्रमा स्थानीय श्रोत साधनको प्रयोग मार्फत बिपत जोखिम न्यूनीकरणमा स्थानीय समुदाय र टास्कफोर्सको ज्ञान सीप र क्षमता अभिवृद्धि गर्ने उद्घेश्यले आयोजना गरिएको तीनदेने तालिमको समापन गरिएको हो ।
तालिमको सहजीकरण रतन टमट्टा र चन्द्र साउँदले गरेका थिए । तालिमको समापन कार्यक्रममा भजनी नगरपालिका उपप्रमुख राजु तिरुवा, टास्कफोर्सका तर्फबाट सहभागी रिता चौधरी, खेमराज जैशी, प्रशिक्षक रतन टमट्टा,परियोजना संयोजक शिबराज पाठक, डिआआर टेक्निकल एक्सपर्ट राजेन्द्र रैका, लगायतकाले मन्तब्य राखेका थिए ।
कार्यक्रम पालिका स्तरीय बिपत ब्यवस्थापन समितिका सदस्य एंव कार्यपालिका सदस्य शान्ति कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियोे । तालिममा भजनी नगरपालिकाका ९ वटै वडाका टास्कफोर्सका २४ जनाको सहभागीता रहेको थियोे । यसअघि तालिमको भजनी नगर प्रमुख केबल चौधरी ले उद्घाटन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *