टीएमसी स्ववियु सभापतिमा भुपेन्द्र रावलको नाम सिफारिस

शेयेर गर्नुहोस


टीकापुर १८ फागुन /
स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा टीकापुर बहुमुखी क्याम्पसबाट सभापतिको रुपमा अखिल क्रान्तिकारीले भुपेन्द्र रावललाई अगाडि सार्ने भएको छ ।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी बिद्यार्थी संगठनले आउने चैत ८ गते हुने स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा रावललाई सभापतिको उम्मेदवार बनाउने भएको हो । बिद्यार्थी संगठनमा लामो समयदेखि काम गर्दै आएका भुपेन्द्र रावल टीकापुर बहुमुखी क्याम्पसका लागि पुराना विद्यार्थी पनि हुन । उनले क्याम्पसको वस्तुस्थितिलाई राम्रो सँग बुझेको बताउँदै सधै बिद्यार्थीहरुको माझमा रहेर काम गर्ने अठोटका साथ चुनावी मैदानमा होमिएको बताएका छन् ।
“संगठनले मलाई विश्वास गरेर सभापतिको उम्मेदवार बनाएको छ । त्यसका लागि संगठन प्रती आभार प्रकट गर्न चाहान्छु ।” रावलले भने, “म क्याम्पसमा सधै बिद्यार्थीहरुको साझा भएर काम गर्ने प्रयास गर्दै आएको कुरा मलाई भन्दा बढी बिद्यार्थीहरुलाई थाहा छ । त्यसकारण संगठन भन्दा पनि बिद्यार्थीहरुको आवश्यकतालाई महसुस गरेर चुनावी मैदानमा उभिएको छु । मलाई सबै बिद्यार्थीहरुले साझा उम्मेदवारको रुपमा सहयोग गर्नेमा विश्वस्त छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *