वक्तृत्वकला प्रतियोगिता सम्पन्न

शेयेर गर्नुहोस


टीकापुर ०३ असोज /
राष्ट्रिय शिक्षा दिवसको अवसरमा टीकापुरमा माध्यामिक तह कक्षा ११ र १२ स्तरिय वक्तृत्वकला प्रतियो्‌गिता सम्पन्न भएको छ ।
जलवायू परिवर्तन र विपद व्यवस्थापनमा स्थानिय सरकारको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा सगुन विद्या निकेतन टीकापुरका आवेश रिमाल प्रथम भएका छन् । आरएमई स्कूल टीकापुरका अस्मिता खत्री दोस्रो, कर्णाली माद्यामिक बिधालय टीकापुरका क्रिस्टीना पोख्रेल र जनजागृति माद्यामिक बिधालय सितापुरका सपना भण्डारी तेस्रो भएका छन् । त्रिभूवन माद्यामिक बिधालय बटनपुरका लिसन ओडले सान्तवना स्थान हासिल गरेका छन् ।
प्रतियोगिताका विजेता विद्यार्थिहरुले नगद तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिता कर्णाली माद्यामिक बिधालयका प्रधानाध्यापक धर्मराज शर्माको अध्यक्षतमा भएको कार्यक्रममा टीकापुर नगरपालिका शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख नरेश अवस्थि प्रमुख अतिथि रहका थिए । कार्यक्रममा प्रमुख अतिथि अवस्थिले विद्यार्थिहरुले राम्रो बोलेको र पछिल्लो समय देश बाढिका कारण दुखमा परेकोले यो विषयलाई कार्यक्रमको शिर्षक बनाएको बताउँदै विद्यालयमा हुने यस्ता कार्यक्रमले विद्यार्थिको क्षमता वृद्धि बताएका छन् ।
कार्यक्रम संचालन जनप्रकाश आधारभूत विद्यालयका प्रधानाध्यापक रघुनाथ उपाध्यायले गरेका थिए । प्रतियोगितामा टीकापुरका कक्षा ११–१२ संचालित ९ वटा विद्यालय सहभागि थिए ।
त्यसैगरी शिक्षा दिवसकै अवसरमा कर्णाली माद्यामिक बिधालय टीकापुरमा राष्टिय शिक्षा दिवस मनाईकएको छ । दिवसका अवसरमा तहगत रुपमा विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न थियो । कक्षा ११–१२ तर्फको प्रतियोगितामा १२ वटा समूह मध्ये विरेन्द्र विकको मेश समूह प्रथम, सुदर्शन महत्तराको वृषिक समूह दोस्रो र ईपेन्द्र बुढाको वृस समूह तेस्रो भएको छ ।
कक्षा ९–१० तर्फको प्रतियोगितामा खकेन्द्र विकको सगरमाथा समूह प्रथम, दिनेश डाँगरको चोयू समूह दोस्रो र सुवास चौधरीको मकालु समूहले तेस्रो स्थान हासिल गरेको छ । विजेता विद्यार्थिहरुलाई स्टेशनरी सामाग्री पुरस्कार प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *