टीकापुरमा एकै दिन १२ जनामा कोरोना

शेयेर गर्नुहोस


समाधान समाचार
टीकापुर २३ साउन
/ टीकापुर नगरपालिकामा आज एकै दिन १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परिक्षणमा ५ जना महिला र ७ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो। उनिहरु सबै होम क्वारेन्टाइनमा बसेकामा कोरोना पोजेटिभ देखिएको हो।त्यस्तै गोदावरी नगरपालिकाका २ जना महिला र१ जना पुरुष, धनगढी उपमहानगर पालिका वडा न.१२ का १ महिला र भिमद्त्त नगरपालिका वडा नं. ६ का १ महिलामा कोरोना पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिएका छन।
पछिल्लो २४ घण्टामा गरिएको ४ सय ४९ परिक्षणमा १७ जनामा संक्रमण देखिएको छ। यो संगै टीकापुरमा मात्रै संक्रमितको संख्या १ सय १२ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *