जनता पुस्तकालयले गर्‍यो नगद सहयोग

शेयेर गर्नुहोस


समाधान समाचार
भजनी २३ साउन/
जनता सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र भजनीले बाढीका कारण ज्यान गुमाएका परिवारहरुलाई नगद सहयोग गरेको छ ।
साउन १४ गते आएको बाढीका कारण भजनी नगरपालिका वडा नं. ८ मा ज्यान गुमाएका तीनै जनाका आफन्तहरुलाई पुस्तकालयले जनही रु. ५ हजारका दरले नगद सहयोग गरेको हो । रिड नेपालको सहयोगमा पुस्तकालयले भजनी नगरपालिका वडा नं. ८ काँढा ढिकका ज्यान गुमाएका स्व. ईश्वर शाह, चक्र बि.क. र इजिकल चौधरीका परिवारलाई नगद राहात वितरण गरिएको पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष नवराज मिश्रले जानकारी दिएका छन् ।
अध्यक्ष मिश्रले भजनी नगरपालिका वडा नं. ८ का वडा सदस्य कृष्णलाल धमालामार्फत् उक्त सहयोग हस्तान्तरण गरेका हुन् । वडा सदस्य धमालाले सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्दै बिपत्तीको बेला सबै क्षेत्रबाट भएको साथ, सहयोग र सहकार्यले नागरिकरुमा समेत सान्त्वाना मिलेको बताएका छन् । उनले सामाजिक संस्थाहरुले स्थानीय तहमार्फत् पीडित परिवारहरुका लागि निरन्तर राहातको सहयोग हुँदै आएको भन्दै वास्तविक पीडितसमक्ष राहात पु¥याउने हेतुले आफुहरु निरन्तर लागिपरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *