शेयेर गर्नुहोस
समाधान समाचार, टीकापुर ११ बैशाख /
टीकापुर नगरपालिकामा दुई दलिय गठबन्धन हुने भएको छ ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी बिचमात्रै टीकापुरमा स्थानीय तहको यहीँ बैशाख ३० गते हुने निर्वाचनमा गठबन्धन हुने भएको हो । कैलालीमा पाँच दलिय गठबन्धनमा पालिकाको नेतृत्वको लागि भागबन्डा नमिलेपछि माओवादी र एकीकृत समाजवादी अन्य गठबन्धनका दलहरूसँग मित्रवत प्रतिस्पर्धाको रुपमा अगाडि बढ्ने भएको छ ।
नेकपा माओवादी केन्द्रका टीकापुर नगर इन्चार्ज बालकृष्ण थारु, नगर अध्यक्ष खडक शाह र नेकपा एकीकृत समाजवादीका टीकापुर नगर इन्चार्ज जगदिश्वर पण्डित र नगर अध्यक्ष रंग अधिकारीले संयुक्त रुपमा सहमति पत्रमा हस्ताक्षर गर्दै दुई दलिय गठबन्धन बनाएर अगाडि बढ्ने सहमति भएको बताइएको छ ।
दुबै पार्टीले जिल्ला कमिटी र प्रदेश कमिटीलाई बोधार्थ पठाउँदै सत्ता गठबन्धनका अन्य घटकहरुसँग मित्रवत प्रतिस्पर्धा गर्दै वर्तमान सन्दर्भमा पाँच दलिय गठबन्धनको सहमतिमा अगाडि बढ्ने राष्ट्रिय सहमती रहेता पनि पछिल्लो समय गठबन्धनमा देखिएको पालिका बाडफाडको विषयमा दुई दलले असहमति रहेको जानकारी गराउँदै टीकापुर नगरपालिकामा दुई दल मिलेर चुनावमा जान तयार रहेको समत सहमति पत्रमा उल्लेख गरिएको छ ।