शेयेर गर्नुहोस
समाधान समाचार ,
टीकापुर ०३ कार्तिक /टीकापुर अस्पतालमा अर्थो सर्जन डाक्टर रेमकुमार राईले सेवा शुरु गर्नुभएको छ । हाड जोर्नी तथा नशा रोग बिशेषज्ञ डाक्टर राई शनिबार टीकापुर पुग्नुभएको हो । उहाँले हिजो पहिलो शल्यक्रिया समेत गर्नुभएको छ । यसअघि त्रिशुलीमा कार्यरत डाक्टर राईको आज टीकापुर अस्पताल विकास समितिले पदस्थापन गर्ने तयारी गरेको अस्पतालका अध्यक्ष दीपकबहादुर रावलले जानकारी दिनुभयो ।
डाक्टरको सेवापछि हाड जोर्नी सम्बन्धी समस्या भएका टीकापुरका नागरिकलाई अब टीकापुरमै उपचार सेवा पाइने भएको छ । शल्यक्रियाका लागि आवश्यक केही सामग्री अभाव रहेको अस्पतालले मेशिन लगायतका सामग्री खरिद प्रक्रिया शुरु गरिएको अध्यक्ष दिपक रावलले जानकारी दिनुभयो । ‘‘यहाँका नागरिकले हाड जोर्नी सम्बन्धी समस्या भए कोहलपुर र नेपालगञ्ज जानुपर्ने वाध्यता अन्त्य भएको छ’’, अध्यक्ष रावलले भन्नुभयो, ‘‘डाक्टरको सेवा यही शुरु भएकाले आर्थिक खर्चिलो पनि कम हुन्छ ।’’