पत्रकार उपाध्यायलाई ५१ हजार सहयोग

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर ०६ कार्तिक
/ टीकापुरका पत्रकार मातृका प्रसाद उपाध्यायलाई स्वास्थ्य उपचारका लागि आज ५१ हजार रुपैयाँ सहयोग गरिएको छ ।
सुदूरपश्चिमाञ्चल मिडिया फाउन्डेशनको पहलमा बिभिन्न मिडिया हाउस तथा समाजसेवीबाट संकलित रकम हस्तान्त्रण गरिएको हो ।
उपचारका लागि सहयोग गर्नेहरुमा टीकापुरबाट प्रकाशित मलवारा दैनिक, कालान्तर दैनिक, समाधान न्यूज दैनिकले ५÷५ हजारका दरले सहयोग गरेका छन ।
यसैगरी टीकापुरबाट प्रशारित रेडियो नमस्ते, शान्ति नेपाल सामुदायिक एफएम, काइट्स एफएम र गोचाली एफएमले समेत ५÷५ हजारका दरले सहयोग गरेका छन ।
त्यस्तै टीकापुर स्थित निदिम फेन्सी स्टोरले ६ हजार, सामुदायिक सिकाइ केन्द्र टीकापुरले ५ हजार र साइ बिएम एग्रिकल्चर टीकापुर–२ ले ५ हजार रुपैयाँ सहयोग गरेका छन ।
संकलित रकम पत्रकार मातृका प्रसाद उपाध्यायको नाममा रहेको सानिमा बैंक टीकापुरको खाता नं. ०५५०११०६००००१३७ मा जम्मागरी पत्रकार उपाध्यायका भाई प्रकाश उपाध्यायलाई हस्तान्त्रण गरिएको छ ।
एक कार्यक्रमको आयोजना गरी उक्त बैंक जम्मा भौचर समाजसेवी एवं टीकापुर अस्पताल बिकाश समितिका अध्यक्ष दिपक वहादुर रावलबाट हस्तान्त्रण गरिएको हो ।
पत्रकार उपाध्याय लामो समयदेखि पत्रकारिताक्षेत्रमा कृयाशिल हुनुहुन्छ । हाल उहाँको काठमाडौंमा रक्त क्यान्सरको उपचार भई रहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *