टीकापुर नगरपालिकामा तालाबन्दी

शेयेर गर्नुहोस


टीकापुर २३ मंसिर /
कैलालीको टीकापुर नगरपालिका तालाबन्दी भएको छ । नगरपालिकाले अतिक्रमित जग्गा खाली गराउने क्रममा नगरपालिका वडा नं. ४ अस्नेहरीबाट सुरु भएको अभियानले निरन्तरता नपाएको भन्दै पीडित पक्षले नगरपालिकामा तालाबन्दी गरेका हुन । सिमित ब्याक्तीका घर भत्काएर नगरपालिकाले काम रोकेको आक्रोशमा तालाबन्दी गरेको पिडितले बताएका छन् ।
उनीहरुले ब्याक्ती विषेशलाई लक्षित गरेर डोजर चलाएको र रातारात टीकापुरबाट भागेको आरोप समेत लगाए ।
नगरपालिकाका नगर प्रमुख रामलाल डंगौंरा थारुले नगरपालिकामा तालाबन्दी गरेर समस्याको समाधान नहुने बताउँदै नगरपालिका क्षेत्र भित्रको सबै अतिक्रमित जग्गा खाली गर्नेगरी नगरपालिकाले अभियान थालेको बताउनुभएको छ । “अतिक्रमणमा परेको सबै जग्गा खाली गर्छौं । जहाँ प्रक्रिया पुग्यो त्यहाँबाट जग्गा खली गराउन थालिएको हो ।” नगर प्रमुख थारुले भन्नुभयो, “अन्य क्षेत्रमा केहि प्रक्रिया नपुगेकाअ कारण अभियान रोक्नुपरेको छ । आवश्यक कागजात पुग्ने बित्तिकै कामले निरन्तरता पाउने छ ।”
उहाँले तालाबन्दी गरेर नगरपालिकाको कामलाई प्रभावित पार्न खोज्नु गलत भएको बताउनुभयो । “हाम्रो कामलाई प्रभावित पार्ने काम भएको छ । तर, हामी प्रभावित हुँदैनौं ।” नगर प्रमुख थारुले भन्नुभयो, “कामले निरन्तरता पाउँछ । टीकापुरको विकासमा अवरोध गर्न खोज्नेहरुसँग सशक्त भएर नगरपालिका प्रतिकार गर्छ ।” नगर प्रमुख थारुले पार्टीको आकस्मिक बैठकका लागि आफू काठमाडौ आएको बताउँदै टीकापुर बनाउने कार्यमा लागेको ब्याक्तिलाई भागेको भन्नू मिथ्या भएको बताएका छन् ।

ताजा खबर

१५ गते प्रचण्ड टीकापुर आउने

१५ गते प्रचण्ड टीकापुर आउने

एक सय बढीले गरे रक्तदान

Leave a Reply

Your email address will not be published. Required fields are marked *