टीकापुर प्रागिक समाजको नर- राजु प्राज्ञिक पुरस्कार देईलाई

शेयेर गर्नुहोस


टीकापुर २८ /
टीकापुर प्राज्ञिक समाजले प्रदान गर्दै आएको नर–राजु मोबारा प्राज्ञिक पुरस्कार यसवर्ष बाग्लुङ गल्कोटका आख्यानकार डा. इन्द्रबहादुर भण्डारी (इन्द्रेणी) को कृति देई उपन्यासलाई प्रदान गरेको छ ।
टीकापुर प्राज्ञिक समाजले हरेका वर्ष प्रदान गर्दै आएको १० हजार एक सय एक रुपैया राशीको नर–राजु मोबारा प्राज्ञिक पुरस्कार सोमबार एक कार्यक्रमका बिच भण्डारीको देई उपन्यासलाई प्रदान गरिएको हो । पुरस्कार प्रदान गर्दै सुदुरपश्चिम प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्रि डा. रणबहादुर रावलले साहित्य समाजको ऐना भएको बताउँदै साहित्यले समाजमा भएका राम्रा नराम्रा कामलाई ऐना झै छर्लङ्ग बाहिर ल्याउने भएकाले यसले समाज विकासमा पनि टेवा पुर्याउने बताएका छन् । मन्त्रि रावलले जसरी विज्ञानले नयाँ नयाँ कुराको आविस्कार गर्छ साहित्यले पनि त्यसैगरी लेख रचना मार्फत नयाँ नयाँ स्वाद दिने भएकाले यो पनि एउटा आविस्कार नै भएको बताएका छन् ।
जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले समाज विकासमा साहित्यको ठूलो हात रहेको भन्दै साहित्यकारको हेराईमा भरपर्ने बताएका छन् । उनले यो क्षेत्रमा पनि ठूलो मानव श्रोत साधन भएकाले यो प्राज्ञिक समाजले त्यसको सदुपयोग गर्नु पर्ने र त्यसबाट समाजलाई केहि दिनुपर्ने धारणा राखेका छन् । सम्मानित स्रष्टा भण्डारीले सम्मान गरेकोमा टीकापुर प्राज्ञिक समाजलाई धन्यवाद दिँदै यो सम्मानले आफूलाई अझै अगाडी बढ्ने हौषला मिलेको र यो सम्मानलाई खेर जान नदिने बताएका छन् ।
बिरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हर्कबहादुर भण्डारीले साहित्यसंग समाज, संस्कार र संस्कृतिको नाता जोडीने भएका कारण कुनै पनि लेखकले त्यस विषयमा ध्यान पु¥याउनु पर्ने भन्दै यस्ता लेख रचनाले समाजलाई सहि दिशामा डो¥याउने बताए । कृतिको समिक्षा गर्दै डाक्टर धनकृष्ण उपाध्यायले यो उपन्यासले तत्कालिन समाजको यतार्थ चित्रण गर्नुका साथै संस्कार र संस्कृतिका कुरा पनि सरल भाषा शैलीमा समेटेका कारण उपन्यास राम्रो रहेको बताएका छन् ।
टीकापुर प्राज्ञिक समाजका अध्यक्ष खगेन्द्र प्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पुरस्कार बितरण तथा व्यवस्थापन समितिका सदस्य सचिव फणेन्द्रराज रेग्मीले गरेका थिए भने स्वागत सहसचिव रविन्द्र कठायतले गरेका थिए ।
नर–राजु मोबारा प्राज्ञिक पुरस्कारका लागि स्वर्गिय मोहनबहादुर रावलले आफ्ना आमा बुवाको सम्झानमा १ लाख ५१ हजारको अक्षय कोष स्थापनाबाट प्रदान गरिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *