डल्फिन पुस्तकालय स्थापना

शेयेर गर्नुहोस


समाधान समाचार, भजनी १५ भदौ /
“सबल समाजको आधार : सार्वजनिक पुस्तकालय को विकास र विस्तार” भन्ने नाराका सहित १४ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा डल्फिन जलचर तथा जैविक बिबिधता संरक्षण नेपालले पुस्तकालयको महत्त्व बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
डल्फिन जलचर तथा जैविक बिबिधता संरक्षण नेपाल कैलालीका अध्यक्ष भोज राज ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भजनी नगरपालिका वडा नं. ८का वडा सदस्य कृष्णलाल धमाला रहेका थिए ।
अन्तरक्रिया कार्यक्रम सम्पुर्ण सहभागीहरुको धारणा र निष्कर्ष अनुसार ग्रामिण क्षेत्रमा जय प्रसाद ढुङ्गानाको अध्यक्षता १९ सदस्यीय डल्फिन सामुदायिक पुस्तकालय गठन तथा स्थापना गरिएको छ। समितिको उपाध्यक्षमा फाकुराम चौधरी,सचिब मोहन कुमार चौधरी,सह सचिब बिन्द्रा न्यौपाने,कोषाध्यक्ष शोभा चौधरी,सदस्यहरुमा खेम राज पाण्डे, ध्वज बहादुर बिक,प्रजापती चौलागाईं,जय प्रसाद धमाला,सबिता चौधरी,लक्ष्मी चौधरी, यमु रावल,अन्जली चौधरी,चन्द्रा बिक,रबिना चौधरी,हेमा चौधरी,इन्द्रलाल धमाला,पदम रावत र तुल्सी देबि बिक चयन भएका छन साथै कृष्णलाल धमालाको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ ।सल्लाहकार समितिमा भोज राज ढुङ्गाना,कृष्णा चौधरी,रमैया डगौरा,भवानी ढकाल चयन भएका छन ।
बिन्द्रा न्यौपानेले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सन्चालन र सहजीकरण जय प्रसाद ढुङ्गानाले गरेका थिए।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *