शेयेर गर्नुहोस
टीकापुर २३ जेठ /
टीकापुर नगरपालिकामा जेठ २६ गतेदेखि दादुरा रुवेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।
सोमबार टीकापुर नगरपालिकामा भएको एक कार्यक्रममा यहीँ जेठ २६ गतेदेखि ९ गतेसम्म दादुरा रुवेला विरुद्धको खोप अभियान सुरु हुन लागेको हो । नगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन उपशाखा प्रमुख बलबहादुर रावलले कैलालीका केही पलिकामा दारुरा रोगको प्रकोप फैलिएका कारण छ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइने बताएका छन् । उनले अभियानलाई सफल बनाउनका लागि सबैलाई सहयोग र सहकार्य गर्न पनि आग्रह गरे ।
टीकापुर नगरपालिकामा मात्रै १८ हजार ६ सय ३५ जनालाई खोप लगाउने लक्ष्य लिइएको छ । बिधालय स्तरमै सञ्चालन हुने अभियानले लक्ष्य पूरा गर्ने नगरपालिकाको विश्वास रहेको छ । नगरपालिकाको खोपमा प्रगति राम्रो भएपनि एउटैका कारण पनि जोखिम उस्तै रहन सक्ने भन्दै रावलले अभियानमा सबै बालबालिकालाई सहभागी गराउन आग्रह समेत गरेका छन् । “यो अभियानमा एक डोज लगाएको वा दुई डोज लगाएको बालबालिकालाई पनि खोपको दायरामा ल्याउनुपर्छ ।” रावलले भने, “एकपटक पनि खोप नलगाएका कोहि छुट्नु भएन । खोप लगाएका नलगाएका सबैले खोप लगाउनु अनिवार्य छ ।”
दादुराको जोखिम बढेकोले नेपाल सरकारले जोखिममा रहेका जिल्लामा दादुरा रुवेला खोप अभियान सञ्चालन गर्न लागेको हो । अहिले ६ महिनादेखि १५ वर्षसम्मको बालबालिकालाई खोप अभियान सुरु गर्ने तयारी गरेको छ । नभए ९ महिनामा पहिलो डोज र १५ महिनामा दोस्रो डोज लगाउनु पर्छ । खोपको लक्ष्य ९५ प्रतिशत पुर्याउन सके त्यसलाई सफल भएको मन्न सकिन्छ । अहिलेको अभियानलाई बुस्टर डोजको रुपमा लिइएको छ । टीकापुर नगरपालिकामा दादुरा रुवेलाको ९५ प्रतिशत भन्दा बढी छ ।
नगरपालिकाले २३ गतेखि कार्यक्रम सञ्चालनका लागि विभिन्न गोष्ठी हुनेछन् त्यो २५ गते सम्पन्न गरिने छ । खोप अभियान २६ गतेबाट सुरु गरिने छ । ९ गतेसम्म अभियान सञ्चालन हुने छ । मुस्लिम समुदायका बालबालिका खोप लगाउन समस्या हुनेगरेको भन्दै मुस्लिम अगुवालाई सहजीकरणका लागि आग्रह गरिएको छ ।