शेयेर गर्नुहोस
टीकापुर ०५ भदौ /
९२७ अाैं विश्वव्यापी रक्तदान दिवसको अवसरमा टीकापुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय वीलभयु फाउन्डेसन टीकापुर शाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ९० पिन्ट रगत संकलन भएको छ । रक्तदान कार्यक्रममा प्रमुख अतिथि रहेकी कैलाली क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य कोमल ज्ञवालीले फाउन्डेसनले बाचन गर्ने वीलभयु शब्दले मानिसमा नयाँ उर्जा उत्पादन गर्ने काम गर्ने गरेको बताउँदै रक्तदान कार्य पुण्यको कार्य भएको बताएकी छन् ।
उनले विश्वमै रगतको मात्रा कम भएको बेला फाउन्डेसनको रक्तदान कार्यले अरुको जीवन बचाउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिन । ज्ञवालीले कसैको एक पिन्ट रगतले मानिसमा नयाँ जीवन आउने भएका कारणले नै रक्तदानलाई जीवन दान कार्य भनिने गरेको समेत बताएकी छन् ।कार्यक्रममा टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख राम बहादुर नागार्जीले मानव कल्याणलाई रक्तदान कार्यलाई महान कार्यका रुपमा लिने गरेको बताएका छन् ।
उनले रक्तदान दान मात्र नभइ जीवन दान भएको बताउँदै महान कार्यमा सबैको सहभागिता अपरिहार्य रहने बताए । नागार्जीले आगामी दिन जनसमुदायका हितमा हुने कुनै पनि कार्यमा टीकापुर नगरपालिका सधै सहकार्य गर्ने समेत बताएका छन् । कार्यपालिका सदस्य दिपक निशानीले शुभकामना दिएको कार्यक्रममा फाउन्डेसनका अध्यक्ष राम कुमार विकले अध्यक्षतामा भएको थियो । कार्यक्रमको संचालन प्रेम चाैधरीले गरेका थिए ।










