दुई पालिकामा सार्वजनिक बिदा

शेयेर गर्नुहोस


टीकापुर ११ असोज /
कैलालीका दुई पलिकाले आज स्थानीय बिदा दिएका छन् ।
गणेश चतुर्थीको अवसरमा भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । भजनी नगरपालिकाले १० गते बुधबार नै निर्णय गरेर नगरपालिका भित्रका सरकारी कार्यालय तथा बिधालय बन्द रहने जानकारी दिएको छ । त्यस्तै जोशीपुर गाउँपाइकाले पनि १० गतेकै निर्णयअनुसार स्थानीय बिदा दिएको छ ।
सुचना प्रकाशित हुन ढिलाई हुने गरेको भन्दै स्थानीय सरकारको आलोचना हुँदै आएको छ । पछिल्लो समय सार्वजनिक बिदाको नाममा तीन तहका सरकारको प्रतिस्पर्धा जस्तै बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *