दुई प्यानल चुनावी मैदानमा

शेयेर गर्नुहोस


टीकापुर १८ माघ/
टीकापुर नगरपालिका वडा नं. ७ स्थित सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहकोे नयाँ नेतृत्वका लागि दुई प्यानल चुनावी मैदानमा होमिएका छन् ।
यसअघि अध्यक्षका लागि धनसिंह साउँद र प्राङ्कुश चौधरीले दिएको उम्मेदवारी फिर्ता लिएसँगै निर्वाचन प्रक्रिया सुरु भएको छ । अध्यक्ष लगायतका पदाधिकारीका लागि नयाँ अनुसार चुनावी मैदानमा देखिएका हुन । वनको नेतृत्वका लागि जितबहादुर चौधरी र शेरबहादुर ठकुल्लाको प्यानल चुनावी मैदानमा छन् । जसमा चौधरी प्यानलको उपाध्यक्षमा मञ्जुदेवि चौधरी, कोषाध्यक्षमा अस्मिता ठकुल्ला, सहसचिवमा मोहनबहादुर रावल चुनाव प्रतिस्पर्धामा देखिएका छन् । त्यस्तै ठकुल्ला प्यानलबाट उपाध्यक्षमा कलादेवी धामी, कोषाध्यक्षमा राधा विसि खड्का र सहसचिवमा ओमलाल सुनार रहका छन् । सचीवमा भने यसअघि नै रामकृष्ण चौधरी निर्वाचित भैसकेका छन् । १५ सदस्यीय कार्यसमितिमा एकजना कार्यसमिति सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचनका लागि निर्वाचन समितिले चुनाव चिन्ह समेत प्रदान गरिसकेको छ । जसअनुसार चौधरीले घडी चुनाव चिन्ह पाएका छन् भने ठकुल्लाले घर चुनाव चिन्ह पाएका छन् । यसअघिको कार्यसमिति सदस्यमा रहेका चौधरीले सामुदायिक वनको नेतृत्व पाउँदा वनको उचाइ थप वृद्धि गर्नेमा उपभोक्तालाई आश्वस्त पारेका छन् । “यो सामुदायिक वन धेरै सम्भावना भएको वन हो । यसलाई थप उचाईमा पुर्याउनका लागि एकपटक नेतृत्वको लागि सबै उपभोक्तालाई आग्रह गर्दछु ।” उनले भने, “सधैं उपभोक्ताको साथमा रहेर उपभोक्ताहरुको आयस्तरसँग सामुदायिक वनलाई जोड्दै काम गर्नेछु ।”
यहीँ २० गते शनिबार नयाँ नेतृत्वका लागि निर्वाचन हुने निर्वाचन समितिका संयोजक वीरेन्द्र शाहले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *