दुर्व्यसन न्यूनीकरणका लागि सडक नाटक

शेयेर गर्नुहोस


टीकापुर ०५ फागुन/
लागूऔषध दुर्व्यसनी न्यूनीकरणको राष्ट्रिय महाअभियान अन्तर्गत जनचेतनामूलक सडक नाटक प्रस्तुत गरिएको छ ।
ईलाका प्रहरी कार्यालय टीकापुरको आयोजनामा टीकापुर नगरपालिकाको सहजीकरणसँगै सिर्जनशील युवा समाज नेपालको गुडिमुन्टे समुहको समन्वयमा जनचेतनामूलक सडक नाटक प्रस्तुत गरिएको हो । टीकापुर स्थित खड्ग स्मृति माध्यमिक बिधालय टीकापुरमा प्रस्तुत गरिको नाटकले लागुऔषध दुर्व्यसनीका कारण जीवनमा परेको असर र त्यसले समाजमा परेको प्रभावका साथै परिवारले भोग्नुपरेको दुखलाई नाटकमा प्रस्तुत गरिएको थियो ।
नाटक प्रस्तुति कार्यक्रमका ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले प्रहरीले लागुऔषध न्यूनीकरणका लागि समुदायदेखि बिधालय स्तरमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको बताएका छन् । उनले प्रहरीले लागुऔषध नियन्त्रणका लागि राष्ट्रिय महाअभियान सञ्चालन गर्दै आएको बताउँदै त्यसमा समुदायको पनि समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । “लागुऔषध दुर्व्यसनले समाजलाई मात्रै नभई स्वयम ब्याक्तीको भविष्यलाई पनि अनिश्चित बनाएको हुन्छ । त्यसमा हामी सबैले सचेत बन्नुपर्छ ।” उनले भने, “हामी सबैले मिलेर लागुऔषध दुर्व्यसनी न्यूनीकरण गर्नुपर्छ । प्रहरीसँगसँगै समुदायले पनि सकारात्मक भुमिका निर्वाह गर्नुपर्छ ।”
खड्ग स्मृति माद्यामिक बिधालय टीकापुरका प्रधानाध्यापक केशरबहादुर रावलले नाटक मार्फत जनचेतना फैलाउन सहज हुने बताएका छन् । उनले बुझ्न र बुझाउनका लागि नाटक मार्फत सहज हुने भन्दै आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रम निरन्तर गर्नुपर्ने बताएका छन् । “भाषण भन्दा कलाको माध्यमबाट दिने सन्देशले छिटो बुझ्न सकिन्छ । समाज तथा बिधालयमा यस्तै कार्यक्रम बढी प्रभावकारी हुन्छन् ।” प्रधानाध्यापक रावलले भने, “समय समयमा बिधालय तथा समुदायमा यसैगरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै जाने हो भने त्यसबाट हामीले देखेको समाज निर्माणमा सहयोग हुग्छ ।”
उक्त सडक नाटक अन्य तीन क्षेत्रमा अझै प्रदर्शन गरिने सिर्जनशील युवा समाज नेपालका उपाध्यक्ष राजेन्द्र विश्वकर्माले बताएका छन् । उनले वर्षौदेखि लागूऔषध दुर्व्यसनी न्यूनीकरणका लागि अभियानकै रुपमा समाजले अन्य संघसंस्थाहरुसँग समन्वय गर्दै कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिँदै जाने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *