नगद सहित आठ जुवाडे पक्राउ

शेयेर गर्नुहोस


समाधान समाचार
कैलाली ३१ साउन /  
कैलालीमा ८१ हजार नगदसहित ८ जना जुवाडे पक्राउ परेका छन्।
शुक्रबार राती लम्कीचुहा नगरपालिका वडा नं. १ बसपार्कमा रहेको दिपाली होटल एण्ड लजमा जुवा खेलीरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिईएको प्रहरी टोलीले नगद सहित जुवाडेलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका वडा नं.१ का ३२ बर्षीय रामराज जैशी, सोही ठाउँका ३६ बर्षीय लक्ष्मण बुढाथोकी, ३३ बर्षीय जिवन अधिकारी, ३० बर्षीय धमिन्द्र रावल, २० बर्षीय पवन थापा, वडा नं.२ का ३३ बर्षीय प्रकाश शाही, वडा नं. ४ का ३३ बर्षीय पुरन बिक र घोडाघोडी नगरपालिका १ बस्ने अक्कल शाहीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतिक विष्टले जानकारी दिएका छन।

ताजा खबर

सुर्यनगरको अध्यक्षमा नाथ

फुटबल प्रतियोगिता सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *