नरेशको अधेरीलाई जुन बजारमा

शेयेर गर्नुहोस


टीकापुर १२ वैशाख /
गित संगीतमा फरक ढंगबाट प्रस्तुत हुँदै संघर्षको यात्रामा रहेका जानकी गाउँपालिका वडा नं. ९ खैरीफाँटा गायक नरेन्द्र भाट (निरास)को “अधेरी लाई जुन” बोलको लोक दोहोरी गितको अफिसियल म्युजिक भिडियो सार्बजनिक भएको छ ।
स्थानीय क्षेत्रमा हुँदा थुप्रै मेला महोत्सव तथा उत्सवहरुमा लोक दोहोरी गित मार्फत प्रस्तुत हुँदै आएका नरेन्द्रले पछिल्लो समय लाइभ दोहोरीमा पनि आफुलाई स्थापित गर्दै जाँदा शब्द लय तथा आफ्नै स्वरमा अधेरीलाई जुन बजारमा ल्याएका हुन । उनलाई गायिका देवि घर्तीले साथ दिएकी छन् । अभिनयमा पनि देबि घर्ति र भाट निराश एवम् अन्य कलाकारहरु समेत रहेका छन्।
“अधेरी लाई जुन” बोलको लोक दोहोरि गित मार्फत एक असल प्रेम सम्बन्धमा रहेका प्रेम जोडीलाई तिम्रो बन्न दुइ मुटु एक बन्न के गरौ कसो गरौ जसरी पनि हाम्रो मायाले सार्थकता पाउन पर्छ पवित्र माया जसरी पनि एक हुनु पर्दछ अर्थात् असल प्रेम कहिल्यै मर्दैन भन्ने कुरा गित मार्फत ब्यक्त गर्न खोजिएको छ । यस अघि पहिलो गित सार्वजनिक भई सकेको र भाट यो “अधेरी लाई जुन” बोलको गीत दोस्रो साङ्गीतिक कोसेली रहेको उनले बताएका छन् । बिगत लामो समय देखी साहित्य मा कलम चलाई रहेको र गित संगीतमा अधिक रुचि राख्ने भाट गित संगीतमा रमाउदा नै आफुलाई सबै भन्दा बढि सन्तुष्टि मिल्ने बताउछन । साथै उनले आगामी दिनहरुमा पनि यस्तै गितहरु दर्शन स्रोताहरुको माझ ल्याउने बताएका छन।
“अधेरी लाई जुन” बोलको लोक दोहोरि गित आफ्नै युट्युब च्यानल “Narendra Bhat Official” मार्फत सार्बजनिक भएको समेत बताएका छन्।

भिडियो हेर्नका लागी तल दिएको लिङ्कमा क्लिक गर्नुहोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *