नागरिक उन्मुक्तिले सरकारलाई दिएको समर्थन फिर्ता लिने

शेयेर गर्नुहोस


टीकापुर २० माघ /
नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय प्रवक्ता दामोदर पण्डितले सरकारलाई दिएको समर्थन फिर्ता भैसकेको बताएका छन् ।
उनले लामो समयसम्म कुनै मतलब नगरेर यतिबेला सांसद बनेपछि चौधरीलाई षड्यन्त्रमुलक ढंगबाट पक्राउ गरिएको भन्दै आफ्ना सांसदलाई जेल हाल्ने सरकारलाई समर्थन नहुने बताएका हुन । “केन्द्रिय अध्यक्षले भनिसक्नु भएको छ । सरकारलाई दिएको हाम्रो समर्थन फिर्ताको विषयमा ।” प्रवक्ता पण्डितले भने, “संघ र प्रदेश सरकारलाई नागरिक उन्मुक्तिको साथ रहँदैन ।”
उनले सांसद रिहाईका लागि सोमबारसम्म सरकारलाई दबाब दिने कार्यक्रम आयोजना गरिएको बताउँदै सोमबारसम्म सांसद चौधरीको रिहाई भएको खण्डमा भने सरकारलाई दिएको समर्थनका विषयमा छ्लफल गरेर निर्णय लिने बताएका छन् । “अहिले हामी आन्दोलनमा छौं । त्यसैले पनि हाम्रो समर्थन सरकारलाई हुने कुरै हुँदैन ।” पण्डितले भने, “सांसद रिहाईका लागि सरकार लचिलो भएको खण्डमा हामी पनि लचिलो बन्ने स्थिति आउन सक्छ ।”
उनले सोमबारसम्म पनि सांसद चौधरीको रिहाई नभई आन्दोलनलाई आक्रामक शैलीमा अगाडि बढाइने बताएका छन् । “सोमबारसम्म हामीले सरकारलाई दबाब सिर्जना हुने खालका शान्तिपूर्ण विरोधका कार्यक्रम गर्छौं ।” पण्डितले भने, “सोमबारसम्म पनि हाम्रो भावना सरकारले बुझेन भने त्यसपछि आन्दोलनलाई सशक्त बनाउँछौ ।”
उनकाअनुसार शुक्रबार गते शान्तिपूर्ण राके जुलुस भोलि शनिबारलम्की, बलिया, चुहामा विरोध प्रदर्शन सहितको कोण सभा, २२ गते कैलालीका विभिन्न स्थानमा विरोध प्रदर्शन सहित कोण सभा र २३ गते अनिश्चितकालका लागि पूर्व-पश्चिम राजमार्ग मात्र अवरुद्ध गर्ने कार्यक्रम तय भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *