नागरिक उन्मुक्ति पार्टी भित्रको विवाद उत्कर्षमा

शेयेर गर्नुहोस


टीकापुर १९ साउन /

नागरिक उन्मुक्ति पार्टी भित्रको विवाद यतिबेला उत्कर्षम पुगेको छ ।
पार्टी भित्र एकपछि अर्को विवाद सिर्जना भएका बेला सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्री कैलाश चौधरीले शपथ खाएसँगै पार्टीको विवाद झन उत्कर्षमा पुगेको हो । गत वैशाखमा मन्त्रीको आश्वासन दिएर प्रमुख सचेतकबाट राजीनामा गर्न लगाइएका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले पार्टीले अपमान गरेको बताएका छन् । पार्टीका उपाध्यक्ष समेत रहेका चौधरीले बुधबार सामाजिक सञ्जाल मार्फत आफुलाई अपमान भएको बताए । “यार गद्दार निकला ! राजनीतिक पाखण्डवाजको घनघोर भर्त्सना गरौं ।” उनले आफ्नो सामाजिक सञ्जाल मार्फत लेखेका थिए ।
चौधरीले पार्टीले पेलेर निर्णय गरेको बताउँदै प्रदेश सभाका सदस्य तथा पार्टीमा आफ्नो पक्षमा कोही नभएपनि टीकापुरका नागरिक आफ्नो पक्षमा रहेका तर्क राखेका छन् । उनले प्रदेश सभाका विषयगत समितिमा नबस्ने पनि स्पष्ट पारेका छन् । पार्टीको राजनीतिमा कनिष्ठहरुलाई मन्त्री पद दिएको तर आफुलाई विषयगत समितिमा बस्न भनेको प्रति उनले असन्तुष्टि व्यक्त समेत गरेका छन्। “सहमति थिएन। पार्टी भित्रबाट अपमानित गरिएको छ। मलाई पेलेर निर्णय भएको छ। मेरो पक्षमा कोही छैन। मेरो पक्षमा टीकापुरका जनता छन्।” चौधरी भन्छन्, “टाउको गनेर हुँदैन । पेलेर लग्दा खेरी, पदिय दुरुपयोग गरेरचाँही आफुलाई लम्पसार पारेर, धाक, धम्की दिएर हुँदैन।”
प्रदेश सभा सदस्य चौधरीले नागरिक उन्मुक्ति पार्टी भित्र टीकापुर विरोधी निर्णय भएको बताएका छन। पार्टीको कोर टिमलाई प्रभावित पार्ने काम भएको भन्दै पाँच वर्षसम्म जनप्रतिनिधिविहीन टीकापुरले अधिकार, पहिचान र विकासका लागि ठूलो क्षति व्यहोरेको उनले बताएका छन् ।
पार्टीमा सांसद चौधरी मात्रै नभई पार्टी दर्ता गर्दादेखी सँगै रहेका केही नेताहरूले पनि पार्टी पद्धति अनुसार चल्न नसकेको भन्दै आपत्ति जनाउँदै आएका छन् । केही नेताहरूले नागरिक उन्मुक्ति पार्टीलाई जनतको पार्टी नभई परिवारवादमा रुपान्तरण हुन थालेको भन्दै चिन्ता पनि व्यक्त गर्दै आएका छन् ।
पार्टीका निर्णय छलफल र सहकार्यबाट हुनुपर्ने भए पनि ब्याक्तिगत मनोभावनाअनुसार हुँदै गएकोले जुन उद्देश्यले पार्टीको स्थापना गरिएको हो, त्यो विषयको सुनिश्चितता हुन नसक्ने बताएका छन् । यता नागरिक उन्मुक्तिका प्रवक्ता दामोदर पण्डितले भने बाहिर अएको जस्तो पार्टीमा कुनै विवाद नरहेको बताएका छन् । “जसरी विभिन्न टिकाटिप्प्णी आइरहेका छन्, त्यस्तो कनै विवाद छैन ।” पण्डित भन्छन्, “अब सामान्य विवाद हुनु स्वभाविक हो । त्यसले नयाँ दिशाको बाटो डोर्‍याउने काम गर्छ ।
प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरेलाई पनि पार्टी् अपमान नगरेको दाबी गरेका छन् ।, ‘पार्टीले सम्मान गरेको छ। उपाध्यक्ष बनाएको छ। टिकट दिएको छ। जिताएको छ। पार्टीले मलाई त केही दिएन। सिनियर भएर, उपाध्यक्ष बनाएको होला। सिनियर भएर टिकट दिएको होला। जुन पार्टीबाट टिकट पाएर जित्नु भयो, उहीँ पार्टीलाई नै लात हान्ने ?’ पण्डितल भने, जुन उद्देश्य प्राप्तिका लागि हामीले पार्टी स्थापना गर्यौँ । त्यसलाई मुर्तरुप दिन आवश्यक छ । पार्टी रह्यो भने मात्रै अन्य महत्वाकांक्षी कुराहरुको बारेमा सोच्दा राम्रो होला ।
नागरिक उन्मुक्ति पार्टीले गत वैशाखमा मन्त्री बनाउने भन्दै संसदीय दलका नेता रामेश्वर चौधरी र प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीलाई पदबाट राजीनामा गर्न लगाई उनीहरुको ठाउँमा संसदीय दलको नेता घनश्याम चौधरी र प्रमुुख सचेतकको जिम्मेवारी खुसीराम चौधरीलाई दिएको थियो। सुदूरपश्चिम प्रदेश प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीबाट सात जना प्रदेश सभा सदस्य छन्। नेपाली काँग्रेसबाट मुख्यमन्त्रीमा नियुक्त भएका कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकारमा एक जना मन्त्री र एक राज्यमन्त्री नागरिक उन्मुक्ति पार्टीबाट छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *