शेयेर गर्नुहोस
टीकापुर २४ भदौ /
वीरेन्द्र बिद्या मन्दिर क्याम्पसको नवनिर्वाचित व्यवस्थापन समितिका पदाधिकारीको शनिबार एक कार्यक्रमको आयोजना गर्दै पदस्थापन गरिको छ ।
निर्वाचन मण्डलले निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्दै पदस्थापन गरिएको हो । क्याम्पसको व्यवस्थापन समितिमा अध्यक्ष बाहेकका सदस्यहरु निर्विरोध निर्वाचित भएका थिए भने अध्यक्षका लागि निर्वाचन भएको थियो । निवर्तमान अध्यक्ष नवराज रावलले निर्वाचित अध्यक्ष महेन्द्रसिंह बमलाई जिम्मेवारी सुम्केका छन् । शुकवार अध्यक्षका लागि भएको मतदानमा कुल ७५ मत मध्ये ५१ मत खसेकोमा बमले २८ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी मातृकाप्रसाद तिमिल्सेनाले २३ मत प्राप्त गरेका छन् । त्यस्तै सदस्यहरुमा दयाराम सञ्ज्याल, सुरेन्द्रकिशोर गिरी, वीरेन्द्र साउँद, जगदिश्वर पण्डित, लोकबहादुर खड्का छन् ।
त्यस्तै महिला सदस्यमा कृष्णा भण्डारी, दलित सदस्यमा राजेशकुमार टमट्टा र जनजाति सदस्यमा किशनलाल डगौरा थारु रहेका छन् ।
निर्वाचित सदस्यमध्येबाट एकजना उपाध्यक्ष चयन हुने व्यवस्था छ । निर्वाचित ९ जनाले २ जना सदस्य मनोनित गर्नेछन् भने ६ पदेन सदस्य रहेन गरी १७ सदस्यीय क्याम्पस व्यवस्थापन समिति रहनेछ । जसमा निर्वाचित पदाधिकारीको पहिलो बैठकले दुईजनालाई मनोनीत गरेको छ । मनोनीत हुनेमा धनन्जय रिमाल र झपटबहादुर बुढा रहेका छन् ।