शेयेर गर्नुहोस
टीकापुर ०४ असार /
टीकापुर सामुदायिक पुस्तकालयको निर्वाचित पदाधिकारीहरुले शपथ तथा पदभार ग्रहण गरेका छन् ।
सामुदायिक पुस्तकालयको छैठौं चुनावी साधारण सभाबाट निर्वाचित पदाधिकारीहरुले शपथ तथा पदभार ग्रहण गरेका हुन । साधारण सभाले अध्यक्षमा जगन्नाथ प्रसाद रिमाल, उपाध्यक्षमा मोहोन प्रसाद उपाध्याय, सचीवमा दिपक बोगटी, सहसचिव अमित कुमार चौधरी र कोषाध्यक्षमा प्रतीक्षा कुमारी चौधरी निर्विरोध निर्वाचित भएक थिए ।
त्यसैगरी सदस्यमा दीर्घबहादुर तिरुवा, मोहन प्रसाद शर्मा, जनक बटाला, दिपक राज बराल, इन्द्रा कुमारी उपाध्याय र कञ्चन चौधरी चयन भएका थिए । पदस्थापन कार्यक्रममा पुर्व उर्जा राज्यमन्त्री चन्द्रसिंह भट्टराईले पुस्तकालयलाई अहिलेको परिवेश सुहाउँदो बनाउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भट्टराईले पुस्तकालयमा पाठकको संख्या वृद्धि गर्न रचनात्मक कार्यक्रम समेत सञ्चालन गर्नुपर्ने बताए ।
कार्यक्रममा विशिष्ट अतिथि टीकापुर नगरपालिकाका पुर्व नगर प्रमुख तपेन्द्र बहादुर रावल रहेका थिए । कार्यक्रमको पहिलो सत्रको अध्यक्षता निवर्तमान अध्यक्ष तारा प्रसादा जोशीले गरेका थिए भने सञ्चालक निवर्तमान सचीव देवेन्द्र बहादुर शाहले गरेका थिए ।









