पत्रकार तिमिल्सेनालाई रक्त क्यान्सर, सहयोगका लागि अपिल

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर ०३ कार्तिक/
दुई दशकदेखि पत्रकारितामा कृयाशील पत्रकार मातृकाप्रसाद उपाध्याय (तिमिल्सेना) लाई रक्तक्यान्सर भएको छ । उनको सिभिल असपताल काठमाडौमा उपचार भैरहेको छ ।
राजधानी दैनिकबाट पत्रकारिता शुरु गर्नुभएका पत्रकार तिमिल्सेनाले रेडियो नेपालको सवाददाता भएर पनि काम गरेका थिए। टीकापुरबाट प्रकाशित भैरहेको टीकापुर दैनिक धनगढीबाट प्रकाशन भैरहेको सुदुर सन्देश दैनिकमा काम गरि सामुदायिक रेडियो टीकापुर एफएमको प्रवन्ध निर्देशक भइसक्नु भएका पत्रकार तिमिल्सेना टीकापुरबाट प्रकाशन हुने कैलाली हटलाइन दैनिकको सम्पादक र पछिल्लो समय खप्तड खबर डट कम सञ्चालन गर्दै आएका छन।
दुई वर्ष अघि घाँटीको शल्यक्रिया गरेका तिमिल्सेना यसपटक रक्त क्यान्सरबाट पीडित भएपछि स्वास्थ्य र आर्थिक गरी दुईवटा समस्यासंग एकसाथ लडिरहेका छन। चिकित्सकको भनाई अनुसार अबको छ महिना निरन्तर उपचार गर्नुपर्ने भएको छ । उपचार पद्धतिसमेत खर्चिलो भई उहाँको आर्थिक अवस्थाले मात्रै उपचार सभव नभएकाले आर्थिक सहयोग आवश्यक परेको छ । 
नेपाल पत्रकार महासंघ सुदूरपशचिम प्रदेश समितिका महासचिव योगेश रावलले कोरोनाका कारण मिडियाको अवस्था धरासायी भएको बेला पत्रकार गम्भिर बिरामी हुँदा सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको जानकारी दिए । टीकापुर दैनिकका प्रकाशक भुवनेशवर अधिकारी यस्तो समस्या परेका बेला बिरामीको मनोबल बढाउन र आर्थिक सहयोग गर्न आवश्यक रहेको बताए। सञ्चारकर्मी समूह टीकापुरका अध्यक्ष दीपकबहदुर थापा सहयोग गर्न चाहाने सघ संस्था वा व्यक्तिले पत्रकार मातृकाप्रसाद उपाध्यायको नाममा सानिमा विकास बैकमा रहेको खाता नं ०५५०११०६००००१३७ मा सहयोग गर्न सकिने बताए। 
रक्त क्यान्सरसग लडिरहेका पत्रकार तिमिल्सेनाले फेसबुकमा स्टाटस लेख्नुभएको छः बर्तमानको यात्रा त्यन्तै कष्टकर छ तर पछिको उज्यालो पछ्याउने प्रयास गरिरहेको छु केवल तपाईहरुको साथ र हौसलालाको सहाराले … ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *