टीकापुर अस्पतालमा अर्थो सर्जन डाक्टर रेमकुमार राईद्वारा सेवा शुरु

शेयेर गर्नुहोस

समाधान समाचार ,
टीकापुर ०३ कार्तिक
/टीकापुर अस्पतालमा अर्थो सर्जन डाक्टर रेमकुमार राईले सेवा शुरु गर्नुभएको छ । हाड जोर्नी तथा नशा रोग बिशेषज्ञ डाक्टर राई शनिबार टीकापुर पुग्नुभएको हो । उहाँले हिजो पहिलो शल्यक्रिया समेत गर्नुभएको छ । यसअघि त्रिशुलीमा कार्यरत डाक्टर राईको आज टीकापुर अस्पताल विकास समितिले पदस्थापन गर्ने तयारी गरेको अस्पतालका अध्यक्ष दीपकबहादुर रावलले जानकारी दिनुभयो ।
    डाक्टरको सेवापछि हाड जोर्नी सम्बन्धी समस्या भएका टीकापुरका नागरिकलाई अब टीकापुरमै उपचार सेवा पाइने भएको छ । शल्यक्रियाका लागि आवश्यक केही सामग्री अभाव रहेको अस्पतालले मेशिन लगायतका सामग्री खरिद प्रक्रिया शुरु गरिएको अध्यक्ष दिपक रावलले जानकारी दिनुभयो । ‘‘यहाँका नागरिकले हाड जोर्नी सम्बन्धी समस्या भए कोहलपुर र नेपालगञ्ज जानुपर्ने वाध्यता अन्त्य भएको छ’’, अध्यक्ष रावलले भन्नुभयो, ‘‘डाक्टरको सेवा यही शुरु भएकाले आर्थिक खर्चिलो पनि कम हुन्छ ।’’
 

ताजा खबर

भजनीको बजेट ७० करोड

विपद सम्बन्धि अन्तरक्रिया

४९ जनालाई पुरस्कार वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *